-टाउकोमा प्रहार गरी पोखरामा फेरी अर्की युवतीको हत्या (भिडियो सहित)..

Posted by News NP on | 0 comments


पोखरा, २६ जेठ । पछिल्लो समय पोखरामा हत्याका प्रकरण दिनानुदिन बढीरहेका छन् । पोखराकी नेहा पुनको हत्या प्रकरण सेलाउन नपाउँदै गोरखाकी अर्की युवती स्मृति गुरुङको हत्या भएको प्रहरीले जनाएको छ ।


उनलाई अधएनग्न अवस्थामा नागढुङ्गामा बेहोस अवस्थामा भेटिएको हो । स्मृतिको बुधबार उपचारको क्रममा मनिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा बुधबार विहान ७ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । गोरखा घर भई नागढुङ्गामा भाडामा बस्दै आएकी स्मृतिको टाउकोमा गम्भीर चोट लागेको थियो भने बेहोस् भेटिएकी उनको नाक र कानबाट रगत बगिरहेको अवस्थामा प्रहरीले उद्धार गरेको थियो ।

 उनको कम्मर भन्दा माथिल्लो भाग नग्न अवस्थामा थियो भने हाफ प्यान्ट खोलिएको अवस्थामा थियो । मृतक युवतीको पोष्टमार्टम हुन बाँकी रहेपनि हत्या भएको प्रहरीको प्रारम्भिक अनुबाट खुलेको छ । यसैबीच, प्रहरीले स्मृतिको हत्या भएको आशंकामा ३ जनालाई नियन्त्रणमा लिएको छ ।
 

0 comments for " -टाउकोमा प्रहार गरी पोखरामा फेरी अर्की युवतीको हत्या (भिडियो सहित).. "

Leave a reply

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Recent News

Archives