मलाई बलात्कार गर : एलिसा पौडेल..(भिडियो सहित )...

Posted by News NP on | 0 comments



यौवनका प्यासीहरु हो
नरभक्षीको रुप लिएर आऊ
र मलाई बलात्कार गर
खोल मेरो टिसर्ट खोल
ब्राको हुक निकाल
र गाढ मेरा स्तनहरुमा
आफ्ना तिखा दारा
मेरो जामा खोल

पूरा गर आफ्नो कामवासना
नराख केही बाँकी नराख
टोक्न
चिर्थोर्न
चुम्न
एक एक अङ्गहरु टोक
एक एक अङ्गहरु चिथोर
एक एक अङ्गहरु चुम
म सहनेछु
दुखाइका हर प्रहारहरु
शान्त भएपछि
काम ज्वाला
निचोर मेरो घाँटी निचोर
र फ्याँकिदेऊ झाडीमा
तर
याद राख
मेरो बलात्कारसँगै
मेरो हत्यासँगै
अन्त्य हुनुपर्नेछ
यो बलात्कारको सिलसिला
यो हत्याको श्रृङ्खला
मन्जुर छ भने सर्त
आओ
यौनका भोका ब्वाँसाहरु हो
मलाई बलात्कार गर
म आफू बलात्कृत भएर
म आफू मरेर
बचाउन चाहन्छु
मेरा दिदिबहिनीहरु
मेरा भाउजुबुहारीहरु
मेरा भतिजीहरु
मेरा आमाहरु

0 comments for " मलाई बलात्कार गर : एलिसा पौडेल..(भिडियो सहित )... "

Leave a reply

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Recent News

Archives