-थुप्रै सबुत र साक्षीका आधारमा मनीषाको हत्यारालाई अदालत द्वारा मृत्युदण्डको घोषणा!
Posted by News NP on | 1 comments
थुप्रै साक्षी र सबुतलाई मध्यनजर गर्दै यस अदालत मनीषाको हत्यामा दोषी पाइएका …लाई मृत्युदण्डको सजाय सुनाउछ ।’ यति भन्दै न्यायाधिसले मृत्युदण्ड लेखिएको कागजमा सही गरेर कलमको निब भाचिदिन्छन् । फैसलापछि अदालत परिसरबाट बाहिर निस्कदै मनीषाकी आमा माथितिर हेर्दै भन्छिन्, ‘बल्ल मेरो छोरीको आत्माले शान्ति पाउने भयो, धन्य छ ईश्वर तिमीलाई ।’
उनको कुरा सुनेर केही समयअघि हत्या गरिएकी नेहाकी आमा उनीतिर हेर्दै भन्छिन्, ‘दिदी मेरी छोरीको हत्या हुँदा नेपालमा मृत्युदण्ड दिने कानुन थिएन । त्यसैले हत्यारालाई केही वर्ष जेल सजाय सुनाएर पछि राजनीतिको आडमा आम माफी दिइयो । तर, अहिले मृत्युदण्ड पाउने व्यवस्थाले मनीषाको हत्याराले मृत्युदण्डको सजाय पाउदा नेहाको आत्माले शान्ति पाएझै लागेको छ । म हारेर पनि आज मलाई जितेको आभाष भएको छ ।’
उनीहरुको कुरा सुनिरहेका एक बृद्ध नजिकै आउछन् र ती दुवैतिर हेर्दै भन्छन्, ‘मनीषा र नेहाजस्ता यहाँ हजारौँ युवतीको अस्मिता लुटियो र उनीहरुको हत्या गरियो । हत्यारा आजपनि खुलेआम हिडिरहेको छ । चोटीलो कानुन नभएका कारण शक्ति र पैसाको पावरमा हत्याराले उन्मुक्ति पाए । कसैको हत्या गरेर उन्मुक्ति पाउने भएपछि यहाँ अस्मिता लुटिने र हत्या हुने घटनाहरु बढ्दै गए । तर, अब कानुन बदलिसकेको छ, देशमा परिर्वतन आइसकेको छ । मनीषाको हत्याराले पाएको मृत्युदण्डको सजायले बलात्कारी र हत्याराहरु डराइसकेको छन् । अब कुनै नारीको अस्मिता लुटेर उसको हत्या हुने छैन…।’
अदालतबाट बाहिरिने सबैको मुहार चम्किएको थियो । धेरैजसोको मुखबाट बल्ल मनीषाको आत्माले शान्ति पाउनेभयो भन्ने बाक्य निस्किएको थियो । मेरो मन पनि निकै प्रसन्न थियो ।
अब मनीषाले मसानघाटबाट पटकपटक टाउको उठाएर मेरो हत्यारालाई कारबाही भयो कि भएन भनेर हेरिरहनु पर्ने थिएन । नत उसको आमाले दिनहु प्रहरी, वकिल र अदालतको ढोका चाहार्नु पर्ने नै । तड्पिरहेको मनीषाको आत्माले शान्ति पाएको थियो । मसानघाटमा छोरीको तडप सम्झिएर दिनरात पीडादायी आँसुहरु बगाइरहेकी उसकी आमाको मनले सन्तुष्टी पाएको थियो । आत्महत्याको फैसला सुनाउदै फेरि मैले आत्महत्याको काजमा सही गर्नु नपरोस भन्ने संकेतस्वरुप कलमको निब भाचेका न्यायाधिस पनि धेरै पछि दंग थिए । त्यसरात उसको सपनामा अघिल्ला रातहरुमा नेहाहरु आए जस्तै मनीषा आएर तैले मलाई अन्याए गरिस न्यायाधिस भनेकी थिइनन् । नत त्यसरातपछि नेहाहरु सपनामा आएर उसँग न्यायको ढोका नै ढकढक्याएका थिए । सायद मनीषाले पाएको न्याय र नेपालमा बनेको नयाँ कानुनको परिणाम हुनसक्छ ।
मनीषा बहिनी तिमीले न्याय पायौँ । तिम्रो हत्याराले मत्युदण्डको सजाय पायो । तिमीलाई जलाउदा आकाशतिर फर्केर जबसम्म मेरो हत्याराले कडा भन्दा कडा सजाय पाउदैन तबसम्म मेरा आँखाहरु निदाउन सक्ने छैनन् भन्दै गुन्जिएको स्वर, तिम्रो शरीर जलिरहदा सुनिएको तिम्रो चित्कार, जलिसकेपछिको तिम्रो तडपको सुनुवाइ भयो । सायद आजभोली तिमी मिठो निद्रामा सुतिरहेकी छौँ होला । मैले तिम्रो तर्फबाट नयाँ कानुन र न्यायपालिकालाई एकपटक सलाम गरेँ है । तिमी देख्दै छौ नि होइन ?
तिमीलाई थाहा छ मनीषा बहिनी तिम्रो अस्मिता हरण गरेर हत्या गर्ने जगतले मृत्युदण्ड पाएपछि यहाँ सबै नारीहरु रातमा आँखा चिम्लना साथ ढुक्कसँग निदाउन थालेका छन् । कहाँ, कतिबेला, को आएर झम्टने हो र अस्मिता लुटेर आफूलाई मृत्युको मुखमा ढकेलिदिने हो भन्ने डर, भय उनीहरुमा हराइसकेको छ । उनीहरुको साथमा कानुन छ । जहाँ अपराधिलाई मृत्युदण्ड सुनाइन्छ । चाहे त्यो बलात्कारी होस् चाहे हत्यारा ।
हत्या, बलात्कारीरालाई कडा भन्दा कडा सजाय हुनुपर्छ भन्दै पर्चा र पम्प्लेट बाड्ने र ठूलाठूला भाषण गर्ने मानवअधिकाकर्मीले अहिले मृत्युदण्डको सजाय खारेज गर भन्दै सडक तताएको देख्दा तिमीलाई नमज्जा लाग्छ होला । तर, तिमी कत्ति नआत्तिनु, देशको राजनीतिले नयाँ मोड लिइसकेको छ । सबै न्यायको पक्षमा छन् । अपराधिलाई साथमा लगाएर केही डलरवादीहरु उफ्रिरहेको मैले पनि सुनेको छु तर, देशका जनता उपराधिलाई मृत्युदण्ड नै हुनुपर्ने पक्षमा छन् । यदी यसलाई परिवर्तन गर्न खोजिए यहाँ ठूलै बज्रपात हुनेछ । सडकमा टायर बल्नेछन्, सांसदहरु लखेटिनेछन्, राजनीतिककर्मीलाई बहिस्कार गरिनेछ, ठूलै आन्दोलन चर्कर्नेछ, जनता एकजुट हुनेछन् । हो मनीषा हामी सबै तिम्रो साथमा छौँ ।
तिमी सोच्छौँ होला मेरो अस्मिता लुटेर विभत्स हत्या गरिदा मानवअधिकार हनन नहुने तर, त्यही हत्यारालाई मृत्युदण्ड दिइदा मानवअधिकार हनन हुने कस्तो संकुचित सोचाइ होला भनेर । तिमीले बुझेकी छैनौँ मनीषा, यहाँ पढेलेखेका, जान्नेबुझ्ने, आफूलाई उपल्लो दर्जाको बौद्धीक ठान्ने, नागरिक समाजका अगुवा भन्दै हिड्ने, जनताको आवाज बोल्ने नेताको नामले चिनाउने, कानुनको संरक्षक बनेर बसेकाहरु नै देशमा हत्या, हिंसा, अपराध अन्मुलन होस् भन्ने चाहन्छन् । किन कि उनीहरु त्यसको आडमा ठूलाठूला भाषण छाट्दै, नारा लगाउदै जनताको आँखामा छारो हालेर त्यसैमाथि फोहरी राजनीति गरिरहेका छन् । तर, अब जनताले बुझिसकेका छन् । तिमी ढुक्क होऊ, अब तिमीजस्तै अरु कुनै नारी पीडित मनीषाको अर्को रुप बन्नुपर्ने छैन ।
आजभोली नेपाली संचारमाध्यममा हत्या, हिंसा, बलात्कार, अन्याय, अत्याचारका समाचारहरु आउन छाडिसकेका छन् । नारीहरु स्वतन्त्र भएर हिडिरहेका छन् । नारी संवेदनशिलताका घटनाहरु हुन छाडेसँगै विभिन्न तह, तप्कामा महिलाहरु देखिन थालेका छन् । विश्वकै उत्कृष्ट भनिएर दाबी गरिएको संविधान व्यवहारिक रुपमा पनि लागु हुन थालेको छ । त्यहाँ समेटिएका महिला अधिकार र हक हितका कुुराले प्राथमिकता पाउन थालेका छन् । तिमीले देखिरेहकी छौँ नि मनीषा ? नारीहरु पनि पुरुषसरह हिडडुल गर्न, सभा, सम्मेलनमा भाग लिन, रातिमा काम सकेर ढुक्कसँग अबेर घर आउन, घरमा एक्लै भएको बेला कुनै डर, भयबिना सुत्न, समाजमा आफ्नो छट्दै पहिचान र हैसियत बनाउन थालिसकेका छन् । सायद यो सबै धेरै पहिल्यैदेखि भएको हुन्थ्यो भने आज तिमी पनि खुल्ला आकाशमा शिर ठाडो पारेर हिडिरहेकी हुन्थ्यौ होला है । तर, दुर्भाग्य नै मान्नुपर्छ यहाँ त्यसो हुन सकेन ।
आज पनि मलाई याद छ, तिमीलाई कसरी विभत्स तरिकाले हत्या गरिएको थियो । तिम्रो शरीरभरी निलडाम, तिम्रो कपडाहरु रगतले रक्ताम्य भएका, कोठावरिपरी सामानहरु छरपस्ट छरिएका अनि तिम्रो घाटीमा सल बेरिएको अवस्थामा तिमी आफ्नै कोठामा भेटिएकी थयौँ । त्यो पनि याद छ राजनीति, पैसा र शक्तिको बलमा हत्यारालाई कसरी उन्मुक्ति दिन खोजिएको थियो र तिम्रो हत्यारालाई आत्म हत्याको संज्ञा । तर, धन्य छिन् तिम्री आमा जसले तिम्रा लागि न्यायको ढोका ढकढक्याउदै दिनरात अन्यायका विरुद्ध लडिरहिन् । कति दिन उपवास बसिन् कतिदिन खुलामञ्चमा आमरण अनसन । र अन्त्यमा तिमीले न्याय पायौँ । तिमीले मात्र न्याय पाएनौँ तिमीजस्तै अन्यायका शिकार हुने भय बोकेर बसेका सबै नारीले आजादी पाए । हो मनीषा नेपाल फेरिएको छ । अ कुनै नारी पुरुषको प्यास मेटाउन इन्कार गरेको खण्डमा लुटिनुपर्ने छैन, न ज्यान नैगुमाउनु पर्ने छ । अब त यहाँ सबै नारीहरु चरा जस्तै स्वतन्त्र भइसकेका छन्..।
एक्कासी मनीषा मेरो अगाडि आइन् । म झसंग भएँ । मनीषाको अनुहारमा कुनै हौसला, उत्साह नदेखेर मनमा कौतुहलता जाग्न थाल्यो । म उनीसित केही बोल्न खोजे तर एकैछिनमा उनी मेरो नजरबाट हराइन् । मेरा आँखा खुले । म जुरुक्क उठेँ । कुनै कुरा लेखिरहेको, सपना देखेजस्तो लाग्यो । घडी हरेँ, विहानको ७ बजिसकेको रहेछ । अनि टिभी खोलेर समाचार लगाएँ ।
समाचारमा भनिदै थियो गएराति एक युवतीको बलात्कारपछि हत्या । प्रहरीद्धारा अनुसनधान जारी…
काठमाडौंटुडे बाट साभार


You can subscribe by e-mail to receive news updates and breaking stories.
machikne timiharulai majak lagiracha hai arkako sapana ko palkana ma dubera katha korna ...sala tero aama dd bahini pareka vaye tha hunthis mug vatte