'भुँडी बढेर बाहिर निस्केको मासुलाई तुरुन्तै कसरी हटाउने त.'.? यो सजिलो तरिका जानी राखौ..

Posted by News NP on | 0 comments


भुँडी बढेर बाहिर निस्कन थालेपछि शारीरिक सुन्दरताको पतन सुरु हुन्छ। यसले जन्माउने भित्री समस्या त कति छन् कति, हिसाबै छैन। यो पंक्तिकारलाई धेरैले भन्छन्९ योग शिक्षकज्यू१ अरु त त्यस्तै हो, यो भुँडीचाहिँ घटाइ दिनुपर्यो । हतोत्साही हुन नदिन उनीहरूलाई शिष्टतापूर्ण सुझाव त दिनैपर्ने हुन्छ। तर,  वर्षमा बढेको भुँडी  मिनटमै ठिक पार्ने जादुको छडी कहाँ हुन्छ र। हामी खानपानमा यति लापरबाही गर्छौ, जसले गर्दा भुँडी बढ्छ। 

बढ्दै मोटोपन

दसमा तीनजना व्यक्ति मोटोपनको सिकार भएका छन्। राम्रो र हृष्टपुष्ट देखिने हुनाले त्यस्तो व्यक्ति मक्ख पर्छ। अरुले पनि खाएको कति मज्जाले जीउमा लागेको भनेर उसलाई उकास्छन्। मोटोपन गम्भीर शारीरिक समस्या हो भन्ने उसले पछि मात्र थाहा पाउँछ।

ब्रिटिस मेडिकल एशोसिएसनको रिपोर्टअनुसार अत्याधुनिक जीवनशैली र तनावले अचेल अनेक मनोशारीरिक रोग फैलिरहेका छन्। त्यसमध्ये मोटोपनको रोग खतरनाक विकृति हो। हाम्रोजस्तो विकासशील देशमा जति मानिस यो रोगबाट पीडित छन्, त्यसको तीन गुणा विकसित देशमा छन्। अमेरिका, क्यानडा, जर्मन, अस्टे्रलिया लगायत मुलुकमा वयस्कमा यो समस्या विकराल बनिसकेको छ। ती मुलुकमा बालबालिकासमेत यो समस्याबाट पीडित छन्।

विकसित मुलुकमा यो समस्या विशेषतः फास्टफुड, जंकफुड, डब्बाबन्द र प्रशोधित खानपान तथा सुखसयलपूर्ण जीवनशैलीका कारण बढेको हो। नेपाली समाजमा पनि यी कारण लागू हुन्छन्। खानपान लापरबाही र अतिमांसहारी प्रवृत्तिले पनि मोटोपन समस्या बन्दै गएको छ। भोजभतेर, चाडपर्व, उत्सवमा घाँटीसम्म आउने गरी खाने चलनले पनि भुँडी लागेको पाइन्छ।

अतिभोजनबाट सही भोजन

भद्दाभुँडी र मोटो शरीरको मुख्य कारण अतिभोजन हो। एक आहारविशेषज्ञले भनेका छन्९ तपाई जति खाना खाँदै हुनुहुन्छ, त्यसको प्रतिशतले तपाईको जीवन चलाएको हुन्छ, बाँकी  प्रतिशतले अरुको डाक्टरी पेसा र अस्पतालको व्यापार चलाएको हुन्छ।

अतिभोजन अर्थात् चाहिनेभन्दा धेरै खाने बानी मोटोपन मात्र होइन, सबै रोगको जड हो। आयुर्वेदका अनुसार अतिभोजन भन्नाले शरीरले धान्न र पचाउन सक्नेभन्दा धेरै मात्रामा खानु हो, जसले गर्दा खाना पचाउने शारीरिक अग्नि मन्द हुन जान्छ। पेटको अग्नि क्षीण भएको बेला नरम मेवाको टुक्रा पनि अपाच्य हुन्छ। यसको कारण पेट लगायत शरीरका अन्य स्थानमा विकार थुप्रिन थाल्छ। त्यही मलविकारको मात्रा बढेपछि शरीरको आकार र वजन बढ्न थाल्छ। वास्तवमा मोटोपन भनेको मासु र बोसो बढेकाले जीऊको वजन बढेको भन्ठान्नु एक किसिमको भ्रम हो। तपार्इंको शरीर यदि मोटो छ भने मक्ख नपर्नुहोस्, तपाई केवल मल(विकार, विष र फोहोरमैला बोकेर हिँड्दै हुनुहुन्छ।

अतिभोजनबाट बच्न

३ भोकभन्दा दुई चार गाँस कम खाने
३ हतार गरेर कहिल्यै नखाने
३ खानाको सुरुमा अलिकति प्राकृतिक गुलियो वस्तु जस्तैः मह, खजुर, सख्खर, छोगडा, किसमिस खाने
३ अरुको करकापभन्दा आफ्नो क्षमता र रुचिलाई ध्यानमा राखेर खाने
३ उभिएर होइन, बसेर खाने बानी बसाउने
३ खानेकुरा मज्जाले चपाएर खाँदा राम्ररी पच्छ। सुपाच्य खानाले शरीरको वजन सन्तुलित राख्छ।

पेटको सूचना

खाना खाँदै जाँदा पेट भरिएपछि संकेतको रूपमा पहिलो डकार ९ढ्याउ० आउँछ। पहिलो डकार आएपछि क्रमशःखाना घटाउँदै जानु राम्रो हुन्छ। दोस्रो ढ्याउ पेटको तीन चौंथाइ भाग भरिन लागेको सूचना हो। दोस्रो डकारसम्ममा पेट लगभग अघाइसकेको हुन्छ र शरीरलाई चाहिने आवश्यक मात्राको खाना पुगिसकेको हुन्छ। यदि तपार्इं दोस्रो डकारलाई बवोस्ता गरी अझै खाँदै हुनुहुन्छ भने अब तपाई आहार होइन रोगव्याधि खाँदै हुनुहुन्छ। तपाईंलाई मोटो, भद्दा र रोगी हुनबाट कसैले रोक्न सक्दैन।

अद्भूत सूत्र

खानाको थालबाट अर्को गाँस तबसम्म नउठाउनुहोस् जबसम्म तपाईंको मुखको गाँस सकिएको हुँदैन। हात या चम्चामा अर्को गाँस तयार राख्नु भनेको तपाई अस्वस्थकर गतिमा खाँदै हुनुहुन्छ र उचित मात्राभन्दा धेरै खाँदै हुनुहुन्छ। छिटो खाने बानीले पक्कै पनि धेरै मात्रामा खाइन्छ, किनकि पेटबाट अघाएको सूचना प्राप्त गर्न मस्तिष्कलाई कम्तीमा दस मिनेट लाग्छ। दस मिनटभन्दा अगावै खाइसक्नु भनेको बेसूरमा खानु र छद्मतृप्ति महसुस गर्नु हो। 

त्यसैले बिहान९बेलुकाको खानालाई कम्तिमा पनि १५(२० मिनेट समय दिनुपर्छ।
थोरै मिहिनेत र सानो प्रयासले मोटोपन र भुँडी घटाउन चाहनुहुन्छ भने आयुर्वेद विज्ञानका इन्साइक्लोपेडिया मानिने आयुर्वेदज्ञ राजीव दीक्षितको सुझाव अत्यन्त उपयुक्त छ। उनको भनाइमा पेटमा जति अधिक मात्रामा क्षार तत्व पुर्‍याइन्छ, त्यतिनै मात्रामा शरीरको अनावश्यक बोसो, मासु र मलविकार बाहिर निकाल्न सकिन्छ।

 दैनिक खानपिनबाट तपाईंले प्राप्त गर्ने क्षारीय तत्वको मात्रा अचेल खानामा निकै कम भएको छ। त्यसले शरीरको अत्यावश्यक माग त पूरा गर्न सक्दैन, मोटोपन घटाउने काम कसरी गर्न सक्छ रु
यस्तो परिस्थितिमा तपाईंलाई एउटा सजिलो उपाय छ। त्यो भने राति मुखमा उत्पन्न हुने क्षारीय र्यावललाई बिहान उठ्नेबित्तिकै पानी पिएर पानीसँगै पेटमा पुर्या उने। आयुर्वेदज्ञ दीक्षितका अनुसार बिहान उठेपछि हलुका मनतातो पानी मुखमा एक घुट्की राख्नुहोस् र मुखभित्रको र्यााल पखालिने गरी कुल्ला गरेजस्तै चलाउनुहोस् र घुटुक्क निल्नुहोस् ।

  पटक यसरी मुखको सबै र्यातल पानीसँग निलेर पेटमा पुर्यालउनुपर्छ। त्यो र्या ल सबैभन्दा उत्तम क्षार हो। कम्तिमा तीस९चालीस दिन नियमित रूपमा यसो गर्दै जाँदा निश्चित रूपमा शरीरको अनावश्यक तौल र बढेको पेट घटाउन सकिन्छ।

लेखक मानवउत्कर्ष नेपाल, बाँसबारीसँग आबद्ध छन्।

0 comments for " 'भुँडी बढेर बाहिर निस्केको मासुलाई तुरुन्तै कसरी हटाउने त.'.? यो सजिलो तरिका जानी राखौ.. "

Leave a reply

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Recent News

Archives