-गोली चल्छ, गुण्डाको राज चल्दैन यो अरु गुण्डाहरुले पनि बुझे हुन्छ ।’ एसएसपी खनालको धारो झटारो..
Posted by News NP on | 0 comments
काठमाडौं । प्रहरीले विहीबार राजधानीको बिजुलीबजार नजिकै जसवन्त राईलाई तिघ्रामा दुई गोली प्रहार गरेर पक्राउ गर्यो । आखिर राईलाई गोली नै किन हान्नुपर्यो ? गोली प्रहार नगरी समातेको भए हुँदैनथ्यो ?
यस्तो प्रश्नमा अपराध महाशाखाका एसएसपी सर्वेन्द्र खनाल हतियार बोकेका गुण्डाहरुका अगाडि निरीह बन्न नसक्ने बताउँछन् । खनाल भन्छन्-‘गुण्डाका अगाडि प्रहरी नै असुरक्षित भएपछि गोली चल्छ, गुण्डाको राज चल्दैन, यो अरु गुण्डाहरुले पनि बुझे हुन्छ ।’
एसएसपी खनालले थपे- ‘जनतालाई सास्ती दिने र आतंक मच्चाउने गुण्डाहरुलाई छाडन सकिँदैन, यो हाम्रो कर्तव्य नै हो । यदि अरु पनि यस्ता गुण्डाहरु छन् भने जनताले प्रहरीलाई खबर गर्नुपर्यो, हामी त्यस्तालाई कारवाही गर्छौं ।’
सानो-सानो समूह बनाउने र आफ्नो टोलतिर धम्क्याउँदै लुटपाट गर्ने समूह सक्रिय हुन थालेको भन्दै खनालले तिनीहरुको विरुद्ध प्रहरी कठोर हुने बताए ।


You can subscribe by e-mail to receive news updates and breaking stories.
0 comments for " -गोली चल्छ, गुण्डाको राज चल्दैन यो अरु गुण्डाहरुले पनि बुझे हुन्छ ।’ एसएसपी खनालको धारो झटारो.. "
Leave a reply