-खुसीको खबर ! जापान जान नेपालीलाई भिसा खुकुलो, अब जो पनि जान सक्ने..पुरा समाचार पढ्नुहोस्
Posted by News NP on | 0 comments
काठमाडौं । पढाइसँगै काम गरेर राम्रो आम्दानी गर्न सकिने भएपछि नेपाली विद्यार्थीकालागि जापान आकर्षक गन्तव्य बनिरहेको छ ।
जापानले भिसा प्रक्रिया खुकुलो बनाइदिएपछि त्यसतर्फ पढ्नजाने नेपाली विद्यार्थीको संख्या बढ्दो छ ।
शिक्षा मन्त्रालयका अनुसार एक वर्षयता विद्यार्थीको प्रमुख रोजाई जापान बनेको छ ।
केशरमहलमा नोअब्जेक्सन लेटर लिन आएका विराटनगरका सुनिल साहले पढाइका साथै काम गरेरराम्रो कमाउन सकिने भएकाले जापान जान लागेको बताए ।
मन्त्रालयका छात्रवृत्ति शाखाका प्रमुख प्रकाश महर्जनले राम्रो पढाइसँगै कमाई पनि हुने भएकाले जापान जाने विद्यार्थी बढ्दै गएको बताए ।
उनका अनुसार २०७० साउन १ देखि ०७१ असार ३२ सम्ममा ७ हजार ९ सय ३३ विद्यार्थीले जापानमा उच्चशिक्षा हासिल गर्न नो अब्जेक्सन लेटर लिएका छन् । आजको नागरिकमा समाचार छ ।

You can subscribe by e-mail to receive news updates and breaking stories.
0 comments for " -खुसीको खबर ! जापान जान नेपालीलाई भिसा खुकुलो, अब जो पनि जान सक्ने..पुरा समाचार पढ्नुहोस् "
Leave a reply