-फुलेको पेट सन्चो गर्ने ६ उपाय! जानी राखौ

Posted by News NP on | 0 comments


केही खानेकुरा, बानी तथा कुनै बिमारीको कारण पेट फुल्ने समस्या हुनसक्दछ। पेट डम्म भएको अनुभव हुने गर्छ।

अधिकांस व्यक्तिको पेट फुल्ने कारण एरिटेबल बाउल सिन्ड्रोम, अल्सर जस्ता समस्याको कारण हुन सक्दछ। कलेजोमा इन्फेक्सन, हेपटाइटिस जस्ता रोगका कारण पनि पेट फुल्न सक्दछ।

यहाँ केही त्यस्ता फलफुलहरु उल्लेख गरिएको छ जसले प्राकृतिक रुपमै पेट फुल्ने समस्याबाट छुटाकार दिलाउन सक्छ।

कागती पानी
पेटलाई सफा गरेर अतिरिक्त पानी अनि ग्यांस निकाल्न कागनी पानी सबैभन्दा उत्तम पेयपदार्थ हो।

फर्सी
यसमा भिटामिन ए, पोटाशियम र फाइबर पाइन्छ। यसले पाचन प्रक्रिया ठिक बनाउँछ।

अदुवा
खानेकुरा पचाउन अदुवा जस्तो अर्को हुनसक्दैन। यसमा हुने एन्टी इन्फ्लेमेटरी क्वालिटिको कारण पेटले राहत पाउँछ।

नरिवल पानी
पोटासियम प्रशस्त पाइने भएकाले नरिवल पानीले शरिरमा सोडियम सन्तुलनमा राख्न मद्धत गर्छ।

दही
यसमा प्रोबायोटिक्स अर्थात शरिरलाई चाहिने ब्याक्टेरिया पाइन्छ। फुलेको पेटको लागि दही निकै राम्रो मानिन्छ।

केरा
यसमा पाइने प्रशस्त पोटासियमले शरिमा सोडियम सन्तुलित गरि पेटको फुल्ने प्रक्रियामा पनि कमी ल्याउँदछ।

0 comments for " -फुलेको पेट सन्चो गर्ने ६ उपाय! जानी राखौ "

Leave a reply