-मनीषा मृत्यु प्रकरणः त्यो रात के के भएको थियो-पोलिग्राफ टेष्टमा आशिषको वयान..
Posted by News NP on | 0 comments
१९ जेठ, परासी ।
नेपाली फुटवल टिमका चर्चित स्ट्राइकर विमल घर्तीकी दिवंगत बहिनी मनीषा घर्तीका प्रेमी रूद्रनारायण चौधरी अर्थात आशिषले कुनै झुटो कुरा नबोलेको पुष्टि भएसँगै मनीषाको मृत्युमा उनको हात नरहेको देखिएको जस्तो छ ।
विमल र उनकी बहिनीको यस्तो थियो अन्तिम फेसबुक भलाकुसारी
चौधरीको पोलिग्राफ परीक्षणपछि कुनै नयाँ कुरा नआएको भन्दै प्रहरीले उनले झुटो बोलेको पुष्टि नभएको बताएको छ ।
मंगलबार प्रहरीले टिचिङ अस्पतालबाट पाएको पोष्टमोर्टम रिपोर्टमा मनीषाको मृत्यु झुण्डिएका कारण भएको भनिएको छ । अव आशिषको पोलिग्राफ परीक्षणसँगै मनीषाको झुण्डिएर मृत्यु भएको पुष्टि भएको छ । मनीषालाई कसैले झुण्ड्याएको वा आफै झण्डिएको भन्ने अनुसन्धान जारी रहेपनि उनका प्रेमीले भने आफूले मनीषा झुण्डिएको अवस्थामा देखेको भनेर दिएको बयान सही सावित भएको छ । मंगलबार मात्र पश्चिमाञ्चल क्षेत्रिय प्रहरी कार्यालय पोखराको पोलिग्राफ परिक्षण विज्ञटोलीले घटनाको सत्य अनुसन्धान गर्नका लागि आशिषको पोलिग्राफ परीक्षण गरेको थियो । ५ घण्टा लगाएर आशिषसँग बयान लिइएको थियो । आशिषले दिएको बयानमा कुनै नयाँ कुरा नआएको र उनले झुटो कुरा नबोलेको प्रहरीले जनाएको छ ।
५ घण्टामा आशिषले के के भने
प्रहरीको प्रारम्भीक अनुसन्धानबाट गत १२ गते बुधबार साँझसम्म कल रेक्रडमा मनिषाले आशिषलाई १ सय १६ र आशिषले मनीषालाई १ सय २ पटक फोन गरेको देखिएको छ । गत १२ गते बुधबार आशिषले मनिषालाई पटक पटक फोन गर्दा फोन नलागेको र आशिषले मनिषाकी साथी शिलुलाई फोन गरि मनिषालाई भन्देउ आज जे पनि हुन सक्छ भनेर भनेको बयान आशिषले दिएका थिए । Source : Nepali Headlines


You can subscribe by e-mail to receive news updates and breaking stories.
0 comments for " -मनीषा मृत्यु प्रकरणः त्यो रात के के भएको थियो-पोलिग्राफ टेष्टमा आशिषको वयान.. "
Leave a reply