-मृगौला सम्बन्धी रोगका यि १० सङ्केत, जसलाई कहिल्यै बेवास्ता गर्नुहुँदैन !!! ख्याल गर्नुहोस् ..

Posted by News NP on | 0 comments


हाम्रो शरीरमा भएका दुई मृगौलाको काम भनेको शरीरमा भएका हानिकारक विषालु पदार्थहरूलाई छानेर पिसाबको मार्फत बाहिर फाल्नु हो। तर यदि मृगौलामा कुनै पनि समस्या आउन थाल्यो भने यसले राम्ररी आफ्नो काम गर्न सक्दैन, जसको कारण मृगौलाको पत्थरी हुने, मूत्रथैलीको क्यान्सर हुने जस्ता घातक समस्याहरू आउन सक्छन्।

गलत खानेबानी र कुनै-कुनै औषधीको असरले मृगौलामा समस्या आउन सक्छ। फेरि मृगौलाको समस्या भएको सुरुवातमा चिन्न मुश्किल पर्दछ, त्यसैले नै यसलाई ‘साइलेन्ट किलर’ पनि भनिन्छ।10 signs of Kidney Disease

त्यसैले आजको स्वास्थ्य अङ्कमा हामी तपाईँहरूलाई मृगौलासम्बन्धी समस्याका १० सङ्केतहरूको बारेमा जानकारी दिन गैरहेका छौँः

१. छिन-छिनमै पिसाब लागिराख्नु, रातीको समयमा यो समस्या बढि हुँदै जानुpregnancy-symptoms-s4

२. पिसाब गर्दा अत्याधिक पीडा हुनु र पीडाको कारण पिसाब गर्न नपाउनु


३. पिसाबमा रगत वा फिँज देखा पर्नु


४. मृगौला खराब हुँदै गएमा शरीरमा जम्मा भएका पानी र नुन बाहिर निस्कन पाउँदैन जसको कारण शरीरका अङ्गहरू फुल्न थाल्दछन्।

५. मृगौलामा समस्या आउन गएमा रगतमा पर्याप्त मात्रामा अक्सिजन पुग्न पाउँदैन, जसको कारण अनिन्द्रा, कमजोरी र थकान जस्ता समस्या आउन थाल्दछ।tired-women

६. शरीरबाट हानिकारक तत्वहरू बाहिर निस्कन नपाएपछि छालामा समेत विभिन्न किसिमका समस्याहरू देखा पर्न सक्छन्।

७. मृगौलामा समस्या आएमा रगतमा यूरियाको मात्रा बढ्न गई स्वासप्रश्वासमा बाधा पुग्छ र दुर्गन्धित सास आउन थाल्दछ।

८. मृगौलाले हानिकारक तत्वहरू छान्न नसकेपछि रगतमा नुनको मात्रा बढ्न थाल्छ र रक्तचाप पनि बढ्दै जान्छ।

९. रिँगटा लाग्नु, वान्ता होला जस्तो हुनु र टाउको चड्किनु

१०. मृगौलाको समस्या हुँदा शरीरको माथि देखि तलसम्मका सबै हाडजोर्नीहरू दुख्न थाल्दछन्। यो मृगौला पत्थरीको लक्षण हो।
PROMOTED CONTENT

0 comments for " -मृगौला सम्बन्धी रोगका यि १० सङ्केत, जसलाई कहिल्यै बेवास्ता गर्नुहुँदैन !!! ख्याल गर्नुहोस् .. "

Leave a reply

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Recent News

Archives