बिदेशमा हुनुहुन्छ ? उसो भए श्रीमती अरु संग सुतेको कसरी थाहा पाउने ? : जानी राखौ

Posted by News NP on | 0 comments


कुमारीत्वसम्बन्धी एउटा अंग्रेजी उखान छ- तिमीलाई कुमारी केटीसँग बिहे गर्नुछ भने कोक्रोमा पाइएला। कुमारीत्वको भ्रम र आडम्बरका कुरा युगौंदेखि लिरहेका छन्। बिहेअघि शारीरिक सम्बन्ध नराखेकी अर्थात् अक्षत योनी भएकी महिलालाई कुमारी भन्ने गरिन्छ, सामान्यतया।

तर, अक्षत योनीको अवधारणा त्यति सजिलो भने छैन किनभने साइक्लिङ र खेलकुदले पनि किशोरीको योनीमा भएको झिल्ली च्यातिनसक्छ। केही वर्षअघि सिन्धुपाल्चोकमा एउटा डिभोर्सको घटना भएको थियो। केही वर्षको प्रेमपछि एक जोडीले बिहे गर्‍यो। एक सातामै श्रीमान्ले श्रीमतीलाई त्यागिदिएको थियो। 

उसले डिभोर्सको कारण देखाएको थियो, ‘सुहागरातको दिन सम्भोग गर्दा उसको योनीबाट रगत आएन।’ महिला कुमारी हुनु वा नहुनुलाई पहिलो पटक गरिएको सम्भोगको क्रममा योनीबाट रगत बग्नुले कुनै प्रभाव पार्दैन। तर, नेपालमा अझै पनि शिक्षित मानिससमेत यस धारणाबाट ग्रस्त छन्। मेडिकल साइन्सका अनुसार रगत बग्नु वा नबग्नुले महिलाको कुमारीत्वसँग कुनै सम्बन्ध राख्दैन। कसैकसैमा सम्भोगको क्रममा हाइमेन नच्यातिएको भएमा हाइमेन च्याँतिदा योनीबाट रगत आउनसक्छ। मेडिकल साइन्सका अनुसार खेलकुद, साइक्लिङ, कडा किसिमका कसरत आदिका कारण हाइमेन च्यातिन सक्छ।

तर, कतिपय महिला हाइमेनबिना पनि जन्मिएको हुनसक्ने कुरा पत्ता लगाएको छ। केही महिलामा हाइमेन च्यातिँदा योनीबाट रगत नबग्ने र केही महिलामा हाइमेन नच्यातिने तर हाइमेनको फैलावट क्षमता बढी भएर पनि रगत नबग्न सक्ने कुरा पनि पत्ता लगाएको छ। अतः सम्भोग गर्दा योनीबाट रगत बगेमात्र महिला कुमारी हो भन्ने भ्रममा कदापि पर्नुहुँदैन। 

हाइमेन एउटा झिल्ली हो, जसले योनीको बाहिरी द्वार ढाकेको हुन्छ। यसमा सानो प्वाल हुन्छ। यो विभिन्न शारीरिक श्रम र व्यायामबाट च्यातिन सक्छ। महिलाले बच्चा पाइसकेपछि महिलाको हाइमेनको केही या पूरै भागको अस्तित्व नरहन पनि सक्छ। त्यसैले कुमारीत्वसम्बन्धी गलत मानसिकतालाई छिट्टै हटाउनु बुद्धिमानी हुन्छ।

 महिलाहरू पहिलो सम्भोगमा त्यति खुल्न सक्दैनन्। प्रेम विवाहमा भन्दा परंपरागत विवाहमा महिलाहरू सम्भोगमा खुल्न गाह्रो मान्छन्। उत्तेजनामा आउन नसक्नुले पनि योनीमार्गमा प्रशस्त चिल्लो पदार्थ निक्लँदैन र योनी कडा हुन सक्छ। केही महिलाका योनीद्वार सानो भएर पनि लिंग भित्र छिर्न गाह्रो हुन सक्छ। यस्तो अनुभव भयो भने महिला कुमारी भएको ठान्दछन् पुरुषहरू। तर यस्तो अवस्थामा महिलालाई पीडा भएको हुन्छ। महिलालाई प्राक्क्रीडामा बढी समय दिएर पूर्ण उत्तेजनामा ल्याउन सकियो भने विवाहको पहिलो रात वा पहिलो सम्भोगमा योनीबाट रगत बग्ने, लिंग छिराउन कठिन हुने भन्ने नै हुँदैन।

0 comments for " बिदेशमा हुनुहुन्छ ? उसो भए श्रीमती अरु संग सुतेको कसरी थाहा पाउने ? : जानी राखौ "

Leave a reply

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Recent News

Archives