अब नेपाली महिलाले विदेश जान नपाउने !! नेपाल सरकारले गरे निर्णय.. हेर्नुहोस्.. किन त ...? (भिडियो सहित )..
Posted by News NP on | 0 comments
-श्रम तथा रोजगारमन्त्री दीपक बोहराले यथास्थितिमा महिला कामदारलाई घरेलु कामदारका रुपमा वैदेशिक रोजगारीमा पठाउन नसकिने बताएका छन् । 'वैदेशिक रोजगारमा घरेलु कामदार पठाउनेसम्बन्धी निर्देशिका' विषयमा मंगलबार श्रम मन्त्रालयले आयोजना गरेको अन्तरक्रियामा बोल्दै बोहोराले भने, 'वैदेशिक रोजगारीमा जानुअघि महिला कामदारको सुरक्षाको पूर्व सुनिश्चितता नभएसम्म ह्वारह्वार्ती पठाउने काम म मन्त्री हुन्जेल हुँदैन ।'
उनले हरेक दिन वैदेशिक रोजगारीमा रहेका महिला विदेशमा अलपत्र परेको, शारीरिक यातना पाएको, पारिश्रमिक नपाएकोजस्ता कुरा सुनिने गरेको भन्दै ठोस मापदण्ड बनाएरमात्रै महिला कामदार पठाइने स्पष्ट पारे । कार्यक्रममा श्रम मन्त्रालयका सचिव विष्णु लम्सालले अहिले वैदेशिक रोजगारी हो कि मानव तस्करी हो छुट्याउनै गाह्रो पर्ने गतिविधि भइरहेको बताए ।
उनले रोजगारी र तस्करीलाई छुट्याउनु आवश्यक भएको उल्लेख गरे । परराष्ट्र मन्त्रालयका सहसचिव दीपक अधिकारीले संस्थागत श्रम स्वीकृति खुला गरिए पनि व्यक्तिगत श्रम स्वीकृतिबाट महिलालाई वैदेशिक रोजगारीमा पठाउने कार्य बन्द गरिनुपर्ने सुझाव दिए । Source: DNN.com
महानगरीय अपराध महाशाखाका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक सर्वेन्द्र खनालले अहिले विभिन्न मुलुकमा अलपत्र परेका महिला कामदारको पहिले उद्धार गरेरमात्रै थप कामदार पठाउनेबारे निर्णय लिइनुपर्ने बताए ।
वैदेशिक रोजगार व्यवसायी सङ्घका महासचिव रोहन गुरुङले गन्तव्य मुलुकसँग श्रम सम्झौता नगरी महिलालाई वैदेशिक रोजगारीमा पठाउन नहुने धारणा व्यक्त गरे ।
कार्यक्रममा श्रम मन्त्रालयका सहसचिव आभा श्रेष्ठले 'वैदेशिक रोजगारमा घरेलु कामदार पठाउनेसम्बन्धी निर्देशिका २०७२' लाई संशोधनसम्बन्धी नयाँ बुँदाका बारेका जानकारी गराइन ।

You can subscribe by e-mail to receive news updates and breaking stories.
0 comments for " अब नेपाली महिलाले विदेश जान नपाउने !! नेपाल सरकारले गरे निर्णय.. हेर्नुहोस्.. किन त ...? (भिडियो सहित ).. "
Leave a reply