नासामा नेपाली वैज्ञानिकको चमत्कार, हिउँ पग्लेर समुन्द्रमा कसरी जान्छ भनेर खाेज्दा यस्तो एउटा अनौठो कुरा पत्ता लगायो .. पढ्नुहोस्.. पुरा समाचार

Posted by News NP on | 0 comments


अमेरिका, ९ जेठ–अमेरिकाको क्यालिफोर्निया इन्स्टिच्युड अफ टेक्नोलोजीको नासा प्रयोगशालामा लमजुङ राइनसका डा. सुरेन्द्र अधिकारीले संसारभरिबाट पग्लिएको हिँउ कहाँ जान्छ भन्ने प्रश्नको मसिनो उत्तर खोजिरहेका थिए।

अन्टार्कटिका ग्रिनल्याण्डजस्ता हिँउ थुप्रिने ठाउँको हिँउ बिलाएर समुन्द्रमा कसरी मिसिन्छ भन्ने जान्न उनले हजारौं अध्ययन अनुसन्धानका निष्कर्ष पढे ।

हिउँ विज्ञानबारे खोज्दाखोज्दै अधिकारीले विश्व नै चकित बनाउने पृथ्वीको दिशा परिवर्तनबारे नयाँ तथ्थ पत्तँ लगाए। उनको अध्ययनले भन्यो– पृथ्वीको उत्तरी ध्रुब पूर्वतिर तीव्र गतिमा सरिरहेको छ, जुन अस्वभाविक हो । एक सय वर्षदेखि उपलब्ध तथ्यांक विश्लेषण गर्दा निष्कर्षले विश्वको ध्यान तान्यो र नेपाली वैज्ञानिक अधिकारी एकाएक सेलिब्रेटी बने । बीसौं सताब्तीमा प्रतिवर्ष दश सेन्टिमिटरका दरले क्यानडाको दिशातिर अघि बढिरहेको ध्रुव अहिले दोब्बर गतिमा अर्को दिशातिर बढिरहेको उनले पत्ता लगाए ।

‘२१ औं शताब्दीको सुरुवातदेखि भने पोल प्रतिवर्ष २० सेन्टिमिटरका दरले लन्डनतर्फ सर्न थाल्यो पुन पृथ्वीमा आएको नाटकीय परिवर्तन हो’, उनले भने ।

अन्नपूर्ण पोष्ट दैनिकबाट

0 comments for " नासामा नेपाली वैज्ञानिकको चमत्कार, हिउँ पग्लेर समुन्द्रमा कसरी जान्छ भनेर खाेज्दा यस्तो एउटा अनौठो कुरा पत्ता लगायो .. पढ्नुहोस्.. पुरा समाचार "

Leave a reply

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Recent News

Archives