सय कोर्रा खाएँ भने बाँच्दिन होला, मलाई बचाइदिनुहोस्

Posted by hawa sansar on | 0 comments


रमा कार्की/सिन्धुली ।

जेठ १७ – वैदेशिक रोजगारीका लागि साउदी अरबिया गएका सिन्धुली रानीचुरी–७ का सन्तोष घिमिरेले आफूलाई बचाइदिन अपिल गर्नुभएको छ । चोरीको अभियोगमा अदालतले ३ वर्षको जेल र एकसय कोर्राको सजाय सुनाएपछि उहाँले बचाइदिन अपिल गर्नुभएको हो । ४ वर्षदेखि साउदीको ओसियन नेट टे«डिङ कम्पनी एलएलसीमा काम गरिरहेका सन्तोष एक वर्षअघि घर आएर साउदी फर्किनुभएको थियो ।
कम्पनीमा राम्रैसँग काम गरिररहेका सन्तोषसँगै मोरङको डाँगीहाट–८ चन्द्रपुरका सुवास थापा क्षेत्री थप पैसा कमाउन खोज्दा समस्यामा पर्नुभएको हो । ‘सुवास अर्को कम्पनीमा गएका बेला त्यहाँ काम गर्ने सिरहाका दिनेशलाल शाहले तब्लिया (तयारी खाना राख्ने काठको प्लेट) लैजाओ बेचेर पैसा हुन्छ भनेछ’ सन्तोषले भन्नुभयो ‘त्यसलाई बेच्दा हामीलाई एउटामा एक रियाल फाइदा हुन्थ्यो तर त्यसैले हामी फस्यौं ।’ त्यही कम्पनीमा काम गर्ने व्यक्तिले बोलाएपछि त्यसमाथि पनि किनेरै ल्याएपछि उनीहरुल केही सोचनन् । अनि तब्लिया लिन अर्को कम्पनीमा पुग । तर त्यहाँ पुग्दा अवस्था फेरियो ।
सन्तोष र सुवासले कम्पनीकै मान्छेको रोहवरमा तब्लिया लोड पनि गरे । तर लिएर निस्किँदा कम्पनीको ढोका बन्द भइसकेको थियो । अनि सुरक्षा गार्डले काम गर्ने समय सकिएकाले गाडी बाहिर जान मिल्दैन भन्दै सामान त्यही झार्न लगाएर रित्तै फर्काइदियो । ‘अनि हाम्रो परिचयपत्र पनि खोसेर राख्यो’ सन्तोषले भन्नुभयो ।
भोलिपल्ट उनीहरु सामान लिन कम्पनी पुगे, तर सुरक्षा गार्डले सामान दिएर प्रहरी बोलायो र पक्रन लगायो । केहीदिन हिरासतमा राखेर प्रहरीले त छोड्यो तर गएको १२ गते फेरि अदालतमा उपस्थित हुन भन्दै पत्र पुग्यो सन्तोष र सुवासको नाममा । भनेअनुसार उनीहरु अदालत पनि पुगे । त्यसपछि अदालतले तीन वर्षको जेल र एक सय कोर्रा हान्ने फैसला सुनाएको छ ।
सन्तोष भन्नुहुन्छ ‘हामी अदालतमा पुग्ने बित्तिकै औंठाछाप लगायो अनि फैसाला सुनायो हामीले केही भन्नै पाएनौैं ।’ चोरीको अभियोग लगाउने कम्पनीका साहुले दिनेशलाल शाहले पहिला पनि कम्पनीका सामान चोरेर बेचेकोले अहिले पक्राउ गरेको बताएका छन । ‘तर हामी निर्दोष छौं’ सन्तोष भन्नुहुन्छ । अदालतको फैसलापछि सन्तोष र सुवास अहिले कम्पनीमै छन । तर प्रहरीले कुन दिन लिएर जाने हो टुङ्गो छैन । ‘एक सय कोर्रा हान्दा कुन मान्छे बाँच्छ र’ सन्तोष भन्नुहुन्छ ‘त्यसैले सहयोग गरिदिनुहोस हामी नेपाल फर्किएर बाँच्न चाहन्छौं ।’
सन्तोष र सुवासले काम गर्ने कम्पनीले पनि उनीहरु गल्ती होइन त भनिरहेको छ । तर मुद्दा अदालतमा पुगेर फैसला भइसकेकाले त्यसले केही प्रभाव पार्दैन । त्यसैले नेपाल सरकारले नै पहल गरेका आफूहरु घर फर्किन पाउने भन्दै उनीहरुले सरकारलाई पनि आफूहरुको उद्धार गरिदिन आग्रह गरेका छन । सन्तोषको घरमा श्रीमती र एक छोरी छन । 

0 comments for " सय कोर्रा खाएँ भने बाँच्दिन होला, मलाई बचाइदिनुहोस् "

Leave a reply

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Recent News

Archives