-दुलर्भ घटना : आउँदो सोमबार बुधग्रहको पारगमन हुने !!!

Posted by News NP on | 0 comments


काठमाडौं / खगोलीय घटनाअन्तर्गत आउँदो सोमबार बुधग्रहको पारगमन हुनेछ। ट्रान्जिट अफ मरकरी भनिने यो प्रक्रियामा पृथ्वी र सूर्यको बीचबाट बुधग्रह हिँडने छ । यो दुलर्भ घटना ग्रहणजस्तो ठूलो छायाँ नभएपनि सूर्यको सतहबाट एउटा गतिमान बिन्दु पूर्बदेखि पश्चिमतिर गइरहेको देखिनेछ ।


नेपाल एस्ट्रोनामिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले काठमाडौंबाट साँझ ४ बजेर ५५ मिनेटदेखि देख्न सकिने बताए । साँझ ६ बजेर ४० मिनेटमा यो मध्यावस्थामा हुनेछ भने एक मिनेटपछि नै सूर्यास्त हुने भएकाले देख्न सकिदैँन् । आजको कान्तिपुर दैनिकमा खबर रहेकाे छ ।

0 comments for " -दुलर्भ घटना : आउँदो सोमबार बुधग्रहको पारगमन हुने !!! "

Leave a reply

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Recent News

Archives