प्रेमिका अर्कैकाे श्रीमती भए पछी ! अब के गर्छन सलमानखान्..? सलमानको भाग्य.. (फोटोसहित)
Posted by News NP on | 0 comments
सलमान खानकी कथित प्रेमिका लुलिया वन्तुरका केही तस्विरहरु मिडियामा भाइरल भइरहेका छन् । तस्विरहरुमा उनी आफ्ना श्रीमान् मोगाका साथ देखिएकी छन् । सञ्चारमाध्यममा सलमान खान र लुलियाका बीच प्रेम सम्बन्ध रहेको र बिहेबारी हुने कुराको चर्चा चल्न थालेपछि यी तस्वीरहरु सार्वजनिक भएका हुन् । सञ्चारमाध्यमका अनुसार सलमान यही वर्ष अक्टुबरमा लुलिया बन्तुरसँग विवाह गर्न लागेका थिए ।
कहिले भएको थियो लुलियाको पहिलो विवाह
लुलिया र मारियस मोगाको विवाह ७ अगस्ट २०१२ मा भएको थियो । समाचारका अनुसार यिनीहरु बीच लामो समयसम्म गहिरो सम्बन्ध रहेको थियो । यी दुबैको रोमान्सको समाचार शहरमा सधैँ हेडलाइन बनिरहन्थ्यो ।
सामाजिक सञ्जाल फेसबुमामा यी रोमानियन जोडी विवाहित भएको घोषणा भइसकेको छ । फेसबुकमा ७ अगस्ट २०१२ मा जुन तस्विर पोस्ट गरिएको छ, त्यसमा यी दुई ‘लिपलप किस’ गर्दै गरेको देख्न सकिन्छ ।
यो पनि भनिदिउँ कि, मारियस मोगा गीतकार, गायक र निर्माता हुन् । उनी युरोपमा बस्दै आएका छन् । विवाहको केही समयपछि लुलिया र मारियसबीच मनमुटाव सुरु भयो । यद्यपि उनीहरु बीचको सम्बन्ध विच्छेदका बारेमा पुष्टि भइसकेको छैन ।
लुलिया पनि रोमानियाकी हुन्
लुलिया वन्तुर रोमानियाकी वासिन्दा हुन् । उनी मोडल र टिभी होस्ट समेत हुन् । सन २००६ मा लुलियाले टेलिभिजनतर्फ पाइला चालेकी थिइन् । उनी ‘प्रो टिभी’का लागि ‘मर्निङ न्युज शो’ सञ्चालन गर्थिन । उनी हप्ताको अन्त्यमा बिहानको समाचार पढ्थिन र वर्षमा एउटा ठूलो कार्यक्रमको सञ्चालन समेत गर्थिन ।
लुलियाले, स्टिफन बनीकासँग नृत्य प्रतियोगिता समेत गरिसकेकी छन् । उनी खेलकुदकी पनि समर्थक हुन् । उनी बाल्यकालमा भलिबल पनि खेल्थिन् । उनले टेनिस र बास्केट बल पनि खेलेकी छन् ।
लुलियाले पछिल्लो सन २०१४ मा चलचित्र ‘ओ तेरी’ मा एउटा आइटम नम्बर गरेकी थिइन् । यो चलचित्र सलमानका ज्वाइँ अतुल अग्निहोत्रीले निर्माण गरेका थिए ।
iulia-vantur12_1463381902
iulia-vantur_1463381878
स्रोत: डेल्लि भास्कर


You can subscribe by e-mail to receive news updates and breaking stories.
0 comments for " प्रेमिका अर्कैकाे श्रीमती भए पछी ! अब के गर्छन सलमानखान्..? सलमानको भाग्य.. (फोटोसहित) "
Leave a reply