घरभित्रै महिला मृत फेला

Posted by News NP on | 0 comments


३१ वैशाख, जुम्ला।
चन्दननाथ नगरपालिका–५ सिङ्गाचौर गाउँमा एक महिला घरभित्रै मृत अवस्थामा फेला परेकी छन् । मृत अवस्थामा फेला पर्ने महिला ३६ वर्षीय जयकली सार्की हुन् ।


उनी बिहीबार राति १०ः०० बजे भरभित्रैको भर्याङ्को सिँढीमा मृत अवस्थामा फेला परेको प्रहरी नायब निरीक्षक प्रेम रेग्मीले जानकारी दिए । सार्कीको मृत्युबारे स्थानीयवासीले खबर गरेबमोजिम राति प्रहरी त्यहाँ पुगेको थियो । आफू दिनमा काममा गएको र बेलुका ९ बजेतिर खाना खाएर सुत्न माथिल्लो कोठामा जाउँभन्दा भर्याङको सिँढीमा श्रीमती मृत अवस्थामा पल्टेको मृतकका पति अवि सार्कीले बताए ।

प्रहरीले आज बिहान घटनाको स्थलगत सर्जिमिन मुचुल्का गरेको छ । घटनाको कारण खुल्न नसकेको बताउँदै त्यसको अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक रेग्मीले बताए । मृतक सार्कीको शवपरीक्षणका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा लगिएको छ । मृतक सार्कीका तीन छोरी र एक छोरा छन् । रासस

0 comments for " घरभित्रै महिला मृत फेला "

Leave a reply

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Recent News

Archives