६ जना सगरमाथा आरोही सम्पर्कविहीन, उद्धारका लागि हेलिकोप्टर पठाइयो

Posted by hawa sansar on | 0 comments


१० जेठ, काठमाडौं । सगरमाथाको सफल आरोहण गरेर फर्किँदै गर्दां ६ आरोही सम्पर्कविहीन भएका छन् । सम्पर्कविहीन भएकामा ३ नेपाली र ३ भारतीय नागरिक छन् । एक भारतीय महिलालाई हेलिकोप्टरको सहयताले उद्धारको प्रयास भइरहेको छ ।

पर्यटन मन्त्रालयका प्रवक्ता घनश्याम शर्माले अनलाइनखबरलाई दिएको जानकारीअनुसार वेपत्ता भएका भारतीय नागरिकहरुमा परेशचन्द्र नाथ, गौतम घोस र सुवास पल छन् । वेपत्ता भएका नेपालीहरुको परिचय भने खुलेको छैन ।

उनीहरु वेपत्ता भएको खबर आफूहरुले हिजो पाएको र खबर पाएलगत्तै हेलिकोप्टरसहित उद्धारकर्मी पठाइएको शर्माले जानकारी दिए ।

स्रोतका अनुसार सगरमाथाको शिखरमा पुगेर ओर्लिंदै थिए । करिब ७ हजार मिटरको उचाइमा उनीहरु रमाएर नाच्न थाले । साथमा रहेका शेर्पा गाइडले छिटो जाउँ अक्सिजन सकिन्छ भन्दाभन्दै उनीहरु अलमलिएका थिए ।

भारतीय महिलाको उद्धारकार्य जारी

उद्धारकर्ताले ७ हजार ५ सय मिटरको उचाइमा भारतीय महिला सुनिता हजारालाई फेला पारेका छन् । उनलाई  हेलिकप्टर र डोरीको सहायताले उद्धारको प्रयास भइरहेको छ ।

‘हेलिकोप्टर र डोरीको सहायताले ती महिलाको उद्धारको प्रयास भइरहेको छ, अरुको अवस्था भने अझै थाहा हुन सकेको छैन,’ शर्माले अनलाइनखबरसँग भने । स्रोत : Online khabar.com


२०७३ जेठ १० गते १०:३३ मा प्रकाशित

0 comments for " ६ जना सगरमाथा आरोही सम्पर्कविहीन, उद्धारका लागि हेलिकोप्टर पठाइयो "

Leave a reply

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Recent News

Archives