-पेटको बोसो सजिलै घटाउन सकिने ८ घरेलु अचुक उपाय :

Posted by hawa sansar on | 0 comments


व्यस्त जीवन शैली तथा खानपिनमा ध्यान नपुर्याउनाले हाम्रो पेटमा अनावश्यक बोसो जम्मा हुँदैजान्छ । महिला तथा पुरुष दुवैका लागि पेटमा अनावश्यक रुपमा जम्माहुने बोसोले हैराण पारेको छ ।



पेटमा अनावश्यक बोसो जम्मा हुनाले मानिस भुँडे हुनपुग्छ । अनि ठूलो भुँडीका कारण महिला तथा पुरुषको ईमेजमा धक्का त लाग्छ नै साथसाथ यसले मानव शरीरमा अन्य रोगहरु पनि निमत्याउने काम गर्छ । आज डिसीनेपाल तपाईंहरुलाई पेटमा जम्मा भएको अनावश्यक बोसो घटाउन र ठूलो भुँडीलाई साइजमा ल्याउनका लागि अपनाउनुपर्ने आयुर्वेदिक टिप्सका बारेमा जानकारी गरउँदै छ ।

आफ्नो बिहान कागतीको रसबाट सुरु गर्नुहोस्

पेटको बोसो अर्थात ठूलो भूँडीलाई आकारमा ल्याउनका लागि कागतीको रस एक उत्तम उपायका रुपमा प्रख्यात छ । एक ग्लास मनतातो पानीमा एउटा कागतीलाई निचोर्नुनुस् र यसमा एक चिम्टि नुन थप्नुस् । प्रत्येक बिहान यो बिधि अपनाउनुहोस् । यसले तपाईको शरीरको मेटाबोलिज्ममा बिकास गर्नुका साथै पेटमा जम्मा भएको अनावश्यक बोसोलाई पगाल्ने काम गर्छ ।

भातको प्रयोग सक्दो कम गर्नुहोस्

सेतो चामलको भातको सट्टामा गहँको पीठोबाट बनेका परिकारहरु आफ्नो भोजनमा सामेल गर्नुहोस् । आफ्नो डाइटमा खैरो पाउरोटी, जै, खैरो चामललाईसमावेश गराउनुहोस् ।

चिनीबाट बनेका खाद्य पदार्थ बन्द गर्नुहोस्

मीठाई, गुलियो पेयपदार्थ तथा तेलजन्य खाद्य पदाथलाई आफ्नो खोराकमा समाबेस नगर्नुहोस् । यस्ता खानेकुराले शरीरका अन्य अंगहरु लगायत पेट र तिर्घामा बोसो थुपार्न मद्धत पुर्याउँछ ।

प्रशस्त मात्रामा पानी पिउनुहोस्

आफ्नो ठूलो हुँदैगएको पेटबाट छुटकारा पाउन प्रत्येक दिन प्रशस्त मात्रामा पानीको सेवन गर्नुहोस् । समय-समयमा निरन्तर रुपमा पानीको सेवन गर्नाले शरीरले रोगसँग लड्न सक्ने शक्तिको विकास हुनुका साथै शरीरमा जम्मा हुनसक्ने विषादीलाई समेत बाहिर फाल्न मद्धत पुर्याउँछ ।

काँचो लसुन खानुहोस्

प्रत्येक बिहान दुई देखि तीन केस्रा लसुन चपाएर निल्नुहोस् र लगत्तै एक ग्लास कागती पानी पिउनुहोस् । यो बिधी तपाईको शरीरको तौल घटाउन अत्यन्तै लाभदायक हुनुका साथै तपाईंको शरीरको रक्त प्रवाहमा एक रुपता पनि ल्याउँ छ ।

हरियो सागसब्जी नियमित रुपले खाने गर्नुहोस्

पेटमा जम्मा भएको बोसोबाट छुटकारा पाउनका लागि आफ्नो खानामा हरियो सागसब्जीको मात्रा बढाउनुहोस् । सुख्खा तथा रेडिमेड खानेकुरा भन्दा हरियो सागसब्जी मिश्रीत खाना स्वास्थ्यका लागि उपयोगी हुन्छ ।

फलफुलको प्रयोग नियमित गर्नुहोस्

प्रत्येक बिहान र बेलुका एक कचौराका हिसाबले फलफुल खाने गर्नुहोस् । यसले शरीरमा विषादीलाई नाश पार्ने, मिनरलको मात्रा बढाउने र भिटामिनको अभाव पुरा गर्छ ।

आफ्नो भान्सामा यी मसलाहरु सधैं राख्नुहोस्

दालचिनी, अदुवा र मरिच जस्ता मसलाहरु आफ्नो खानमा सधैं प्रयोग गर्नुहोस् । यी मसलाहरुमा स्वास्थ्यलाई आवश्यक पर्ने तत्वहरु पूर्णरुपमा उपलब्ध छ । यसले इन्सुलिनलाई नियन्त्रणमा लिनुका साथै रगतमा चिनीको मात्रालाई नियन्त्रण गर्छ ।

0 comments for " -पेटको बोसो सजिलै घटाउन सकिने ८ घरेलु अचुक उपाय : "

Leave a reply

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Recent News

Archives