मनिषाको प्रेमी आशिषको पोलिग्राफ जाँच सकियो, रिपोर्ट भने यस्तो के छ रिपोर्टमा?

Posted by hawa sansar on | 0 comments


काठमाडौं । मनिषा मृत्युको कारण पत्ता लगाउन क्रियाशील प्रहरीले उनका प्रेमी भनिएका आशिष चौधरीको पोलिग्राफ जाँच गरेको छ । इलाका प्रहरी कार्यालय सुनवलमा पाँच घण्टा लगाएर चौधरीको जाँच गरेको हो ।


जाँचका लागि पोखराबाट प्रहरी निरीक्षक रामप्रसाद पाण्डेको नेतृत्वमा दुई सदस्यीय टोली नवलपरासी आएको थियो । शान्त र एकान्त ठाउँमा पोलिग्राफ टेस्ट गर्नुपर्ने भन्दै चौधरीलाई सुनवल लगिएको थियो ।

पोलिग्राफ टेस्टको निष्कर्ष भने सार्बजनिक गरिएको छैन । उक्त जाँचलाई काठमाडौं पठाइने र त्यसपछि मात्रै सार्बजनिक गरिने नवलपरासीले जनाएको छ ।

प्रहरीलाई बुझाइएको मनिषाको पोष्टमार्टम रिपोर्टले हत्या हो कि आत्महत्या भनेर स्पष्ट उल्लेख गरेको छैन ।

0 comments for " मनिषाको प्रेमी आशिषको पोलिग्राफ जाँच सकियो, रिपोर्ट भने यस्तो के छ रिपोर्टमा? "

Leave a reply

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Recent News

Archives