You are here:
Home
/
Rashifal
/
-अाजकाे राशिफल, वि.सं. २०७३ साल वैशाख ३१ गते
वि.सं. २०७३ साल वैशाख ३१ गते। शुक्रबार। इश्वी सन् २०१६ मे १३ तारिख। शकसंवत् १९३८। साैम्य संवत्सर। उत्तरायण। वसन्त ऋतु। नेपाल संवत् ११३६ बछलाथ्व।
वैशाख शुक्लपक्ष। तिथि– सप्तमी, १४:५३ बजेउप्रान्त अष्टमी। नक्षत्र– अश्लेषा, २८:१३ बजेउप्रान्त मघा। योग– वृद्धि, २३:३४ बजेउप्रान्त ध्रुव। करण– वणिज, १४:५३ बजेदेखि भद्रा, २६:५४ बजेउप्रान्त वव। आनन्दादिमा मृत्यु योग। चन्द्रराशि– कर्कट, २८:१३ बजेउप्रान्त सिंह। काठमाडौंमा सूर्योदय– ५:१८ बजे, सूर्यास्त– १८:४४ बजे र दिनमान ३३ घडी ३४ पला। गंगोत्पत्ति। गंगा
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

परिस्थिति अलि प्रतिकूल रहने देखिन्छ। काम बिग्रने डरले सताइरहनेछ। बेसुरमा वचन दिनाले दुःख पाइनेछ। पशु र कृषिबाट सोचेको लाभ नउठ्न सक्छ। साझेदारीमा समस्या आउनुका साथै पहिलेको सम्झौता भंग हुन सक्छ। अरूको फाइदाका लागि उपयोग भइएला। महत्वाकांक्षी योजना गोप्य राख्नुहोला। आमाको माध्यमबाट काम बनाउन सकिनेछ।
बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

नयाँ काम प्रारम्भ गर्न सकिनेछ। व्यापारमा मनग्य धनलाभ हुनेछ। साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन्। विशेषगरी नयाँ उद्योग वा रचनात्मक काममा फाइदा हुने समय छ। परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला। रोकिएका काम पुनः सुरु हुन सक्छन्। कृषिक्षेत्रमा भने अलि बढी परिश्रम र लगानी गर्नुपर्ला। परिवारजनका आकांक्षा पूरा गर्न सकिनेछ।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनुका साथै सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ। एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। सहयोगीहरूले काममा साथ दिनेछन्। विगतको श्रमबाट मनग्य धन लाभ हुनेछ। रोकिएका काम सम्पादन हुनेछन्। गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ। पठन–पाठनमा प्रगति हुनेछ। सभा–समारोहमा सहभागी बन्ने मौका छ।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

साथ दिनेहरू बढ्नेछन्। प्रयत्न गरेको काम छोटै समयमा पूरा हुनाले समय फुर्सदिलो रहनेछ। इच्छाशक्ति बढ्नेछ भने रचनात्मक कार्य शुभारम्भ गर्न सकिनेछ। परम्परालाई समयसापेक्ष परिवर्तन गर्न सकिनेछ। प्रतिष्ठा, मान–सम्मान आदि पाइनेछ। स्वादिष्ट भोजनको आनन्द मिल्नेछ। परिवारजनसँग आत्मीयता बढ्नेछ। प्रेम र मित्रताको बन्धन कसिएर जाला।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

फाइदाका पछि लाग्दा शुभचिन्तकहरूसँग असमझदारी बढ्न सक्छ। विदेश भ्रमणका लागि प्रयत्न गर्ने समय छ। वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ। घरखर्चको मात्रा बढ्नेछ। समयमा होस नपुग्नाले केही चुनौती झेल्नुपर्ला। बन्न लागेको काम बिग्रन सक्छ। लगानी बढाउनुपर्ने बाध्यात्मक परिस्थिति आउन सक्छ। होसियारीसाथ काम लिनुपर्ने समय छ।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

काम रोकिनाले परिस्थिति अन्योलमय बन्न सक्छ। मेहनत गर्दा अलि कम मूल्य प्राप्त हुनेछ। तापनि उठ्नुपर्ने रकम हातलागी हुनेछ। स्थायीभन्दा अस्थायी पेसाबाट फाइदा हुने समय छ। आँटेका काम बीचमा अवरुद्ध बन्न सक्छन्। भएको आम्दानी र सञ्चित रकम भने खर्च हुने सम्भावना छ। सोचेको फाइदा उठाउन अलि नसकिएला। खर्चको मात्रा बढ्न सक्छ।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

मेहनतले नाम, दाम र इनाम दिलाउन सक्छ। कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ। कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्नेछ। व्यापार–व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा होला। रुचिका विषयमा लगानी बढाउने समय छ। विभिन्न अवसरले पछ्याउनेछन्। भविष्यका लागि विशेष काममा जग बसाउने अवसर प्राप्त हुनेछ।
बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

सहयोगीहरूले साथ दिनेछन्। आँटेका काम पनि सजिलै बन्नेछन्। समुदायको हितमा राम्रै काम गर्न सकिनेछ। सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ। आफ्नो वर्ग वा क्षेत्रको नेतृत्व हातलागी हुनेछ। धेरैले तपाईंका कामको तारिफ गर्नेछन्। कीर्तिमानी काम गर्ने समय छ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

सानातिना घरेलु काममै अल्झनुपर्दा मन खिन्न रहनेछ। सवारीमा सावधानी अपनाउनुहोला। स्वास्थ्य कमजोर हुनाले आँटेको काम रोकिन सक्छ। आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्, गोपनीयतामा ध्यान पुर्याउनुहोला। लेनदेनको विवादले अप्ठ्यारो पार्न सक्छ। पढाइलेखाइमा पनि समय दिन नसकिएला। हुलमुलमा धनमाल हराउन सक्छ, सचेत रहनुहोला।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

बलजफ्ती गर्दा चिताएको काम बिग्रन सक्छ। पुरानो सम्झौता भंग हुने सम्भावना छ। धैर्यसाथ बुद्धिको उपयोग गर्दा बिस्तारै काम बन्नेछ। आम्दानी बढ्नेछ भने आतिथ्यपूर्ण सम्मान प्राप्त हुन सक्छ। प्रेमको बन्धन कसिने बेला छ। दाम्पत्य जीवन सुखद बन्नेछ। रमाइलो यात्राको अवसर प्राप्त भए पनि सवारी साधन उपयोग गर्दा अलि सावधानी अपनाउनुहोला।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

रोकिएका काम बन्नाले उत्साह जाग्नेछ। संघर्ष गरेरै अधिकार स्थापित गर्न सकिनेछ। प्रतिद्वन्द्वीहरू किनारा लाग्नेछन्। प्रतिस्पर्धामा पनि विजयी भइनेछ। व्यापारलगायत आर्थिक लाभ हुने काममा राम्रै फाइदा हुनेछ। ईर्ष्या गर्नेहरूले केही अवरोध पुर्याउन सक्छन्। आफ्ना योजना गोप्य राखेर अघि बढ्नुहोला। चुनौती चिर्दै काम सम्पादन गर्न सकिनेछ।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

पढाइलेखाइमा प्रगति हुनेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ। दिन उत्साहपूर्ण रहला। सुखद समाचार सुन्न पाइनेछ। स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ। व्यापारमा भने कम मात्र फाइदा होला। पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ। सन्तान वा अनुयायीले प्रसन्नता दिलाउनेछन्।
नेपाली पात्रो
0 comments for " -अाजकाे राशिफल, वि.सं. २०७३ साल वैशाख ३१ गते "
Leave a reply