पियनको त तलब बढेर रु २३००० पुग्यो भने प्रधानमन्त्रीसम्मको तलब कति होला त ..? तलब तालिका हेर्नुहोस् कसको तलब कति ..?

Posted by News NP on | 0 comments


काठमाडौं :  सरकारले कर्मचारीहरुको तलब २५ प्रतिशत बढाएको छ। सरकारले चालु आर्थिक वर्षको बजेटमा २५ प्रतिशतले वृद्धि गरेपछि मुख्य सचिवको तलब ५४ हजार ५ सय ८८ पुगेको छ भने कार्यालय सहयोगीको२३ हजार ८ सय १७ रुपैँया पुगेको छ ।


सरकारले मनोबल उच्च पारेर प्रभावकारी सेवा प्रदान गर्न भन्दै कर्मचारीहरुको तलब २५ प्रतिशत बढाएको हो । २५ प्रतिशत तलब बढाएको सरकारले १ हजार रुपैयाँ महङ्गी भत्तालाई निरन्तरता दिएको छ । सरकारले आगामी आर्थिक वर्षदेखि लागु हुनेगरी एक दिनको तलब बराबर एक ग्रेड हुने व्यवस्थासमेत बजेटमा गरेको छ

सरकारी ढुकुटीबाट तलब खाने कर्मचारीको संख्या करिब ५ लाख हाराहारीमा छ । तलब बढ्दा अवकाश प्राप्त कर्मचारीको पेन्सन पनि बढ्ने भएकाले तलब वृद्धिको यो निर्णयले सरकारलाई ठूलो आर्थिक भार पर्ने छ । सरकारले निजामति कर्मचारीहरुको उपचारका लागि सबै प्रदेशमा निजामति अस्पताल विस्तार गर्ने तथा सेवा प्रवेश गर्दा अनिवार्य तालिमको व्यवस्था गर्ने पनि बजेटमार्फत घोषणा गरेको छ ।

कर्मचारीको तलबसँगै सांसद, मन्त्री र राष्ट्रपतिको पनि तलब वृद्धि भएको छ । अहिले सांसदको तलब ४६ हजार रहेकामा अब ५७ हजार ५ सय पुगेको छ । मन्त्रीको तलब ४७ हजारबाट बृद्धि भएर ५८ हजार ७ सय ५० पुगेको छ । राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, प्रधानन्यायाधीशको तलबसमेत २५ प्रतिशतले बृद्धि भएको छ ।

यसअघि राष्ट्रपतिले १ लाख २० हजार ३ सय ६० रुपैयाँ तलब बुझ्ने गरेकोमा अब १ लाख ५० हजार ४ सय ५० पुगेको छ । उपराष्ट्रपतिको तलब १ लाख ८ हजार २५ रुपैँया पुगेको छ । यसअघि उनको तलब ८६ हजार ४ सय २० थियो । प्रधानमन्त्रीको तलब यसअघि ६१ हजार ८ सय २० रहेकामा अब ७७ हजार २ सय ७५ पुगेको छ ।

सभामुखको तलब ५३ हजार ८ सय ५० बाट अब ६७ हजार ३ सय १२ रुपैँया पुगेको छ । र, प्रधानन्यायाधीशको तलब ५८ हजार ९ सय ४० रहेकोमा बृद्धि भएर ७३ हजार ६ सय ७५ पुगेको छ ।

0 comments for " पियनको त तलब बढेर रु २३००० पुग्यो भने प्रधानमन्त्रीसम्मको तलब कति होला त ..? तलब तालिका हेर्नुहोस् कसको तलब कति ..? "

Leave a reply