-नेपाली घरेलु कामदारलाई खाडीमा न्युमतम ३ सय डलर तलव!

Posted by News NP on | 0 comments


२५ वैशाख, काठमाडौं । नेपालबाट विदेशिने घरेलु कामदारले कम्तिमा ३ सय डलर वा सोही बराबरको तलव पाउने भएका छन् ।

संशोधनको अन्तिम तयारी भइरहेको घरेलु कामदार विदेश पठाउने सम्बन्धी निर्देशिकामा सरकारले न्युनतम् तलब ३ सय डलर वा सोही बराबर हुनुपर्ने व्यवस्था गरेको हो ।
नेपालबाट बाहिररिनेमध्ये अधिकांश महिला घरेलु कामदार छन् । यसअघि महिला घरेलु कामदारको तलव तलब कम्तिमा २ सय ५० डलर मात्रै थियो ।

अहिले पारिश्रमिक शर्तमा ५० डलर वृद्धि गरिएको श्रम तथा रोजगार मन्त्रालयका प्रवक्ता गोविन्दमणि भुर्तेलले अनलाइखबरलाई जानकारी दिए ।  ‘अब घरेलु कामदारको श्रम इजाजत खुल्नासाथ यो लागू हुन्छ’ प्रवक्ता भूर्तेलले भने-‘तोकिएको भन्दा कम तलव दिए वा हाम्रा विभिन्न शर्तहरु पालना भएनन् भने घरेलु कामदार पठाउँदैनौं ।’

कामदार जिम्मा म्यानपारले जिम्मा लिनुपर्ने

सरकारले मलेसियासहितका खाडी मुलुका घरेलु कामदार पठाउँदा म्यानपावरहरुलाई पूर्ण जिम्मेवार बनाउने भएको छ । घरेलु कामदारका नामा मानव तस्करी मौलएपछि सरकारले म्यानपावरहरुलाई नै जिम्मेवार बनाउने गरी निर्देशिकामा विभिन्न व्यवस्थाहरु प्रस्ताव गरेको छ ।

घरेलु कामदारका रुपमा गएका नेपाली विदेशबाट शोषणमा परेर फर्किनुपरेमा क्षतिपूर्ति र उद्धार खर्च म्यानपावरबाटै भराउने व्यवस्था निर्देशिकामा गरिएको छ ।

यो व्यवस्थाले म्यानपावरले विदेशबाट रिक्रुटमेन्ट कम्पनीबाट जथाभावी  डिमान्ड ल्याएर कामदारलाई फसाउने क्रम बन्द हुने मन्त्रालयको अपेक्षा छ ।

‘कामदारलाई पठाएपछि म्यानपावरकै भूमिका सकिँदैन । आफुले पठाएको घरेलु कामदार स्वदेश नफर्केसम्म व्यवसायी पनि जिम्मेवार र चनाखो हुनुपर्छ,’ प्रवक्ता भुर्तेलले भने-‘अब जथाभावी डिमान्ड ल्याउन पनि हुँदैन, रिक्रुटमेन्ट कम्पनीसँग म्यानपावरले घरेलु कामदारका लागि सुरक्षित घर खोज्न भन्नुपर्छ ।’

एक कामदारका लागि १ हजार डलर धरौटी

संशोधन हुन लागेको निर्देशिकामा विदेशमा नेपाली कामदार माग गर्ने रिक्रुटमेन्ट कम्पनीले सम्बन्धित देशमा रहेको नेपाली दूतावासमा १० हजार डलर धरौटी राख्नुपर्ने व्यवस्था कायमै राखिएको छ ।

अब ती कम्पनीले एक नेपाली घरेलु कामदार बराबर एक हजार डलर धरौटी पनि राख्नुपर्ने नयाँ व्यवस्था गरिएको छ । ‘हाम्रा कामदार पीडित भए त्यही रकम दिलाउँछौं’ प्रवक्ता भुर्तेलले भने-‘यसबाट नेपाली महिला घरेलु कामदारको सुरक्षा र हितमा महत्वपूर्ण सहयोग पुग्नेछ ।’

घरेलु कामदारको हित तथा सुरक्षा र हितमा केन्दि्रत भएर सरकारले निर्देशिका विभिन्न ६ वटा शर्तहरु पनि राखेको छ । यो निर्देशिका लागू गरेर केही दिनभित्रै घरेलु कामदार विदेश पठाउन खुला गर्ने सरकारको योजना छ ।

सरकारले साउदी अरेबिया, जोर्डन र लेबनानसहित विभिन्न मुलुकसँग घरेलु कामदार लैजानेबारे सरकारी तहको समझदारी गर्ने तयारी पनि गरिरहेको छ ।अनलाइन खबर बाट साभार

0 comments for " -नेपाली घरेलु कामदारलाई खाडीमा न्युमतम ३ सय डलर तलव! "

Leave a reply

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Recent News

Archives