-छोरा पाउन मन छ कि छोरी ? छोरा चाहिएको हो भने यो हो छोरो पाउने अचुक सुत्र यस्तो छ जानी राखौ..
Posted by hawa sansar on | 0 comments
छोरा पाउन मन छ कि छोरी ? छोरा चाहिएको हो भने यो हो छोरो पाउने अचुक सुत्र यस्तो छ जानी राखौ..
छोरा पाउने भएर होला यसपालि उसलाई साह्रै गाह्रो भएको छ । पेटमा छोरा छ भने अति दुःख दिन्छ रे नि !" मेरी दिदीकी साथी गर्भवती भएपछि उनलाई केहिदिनदेखि निकै गाह्रो भएको कुराले मेरी दिदीलाई पिरोलेको थियो । साथीलाई गाह्रो भएको कुरा दिदीले सुनाउँदा पेटमा छोरो भएकाले गाह्रो भएको हो भन्ने सुनेपछि मेरा कान अलि ठाडा भए । गर्भवती भएका बेला महिलामा विभिन्न समस्या देखिन्छन् ।
तर पेटमा छोरा नै भएकाले गाह्रो भएको भन्नेसुनेपछि मैले दिदीलाई सोधे "गर्भमा छोरा नै छ भनेर चाहिँ कसरी ठोकुवा गरेको ? पेटभित्र छोरी पनि त हुनसक्छ नि ।" दिदीको सहज जवाफ थियो "होइन यसपालि पक्का छोरा हुन्छ भनेर उनैले भनेकी हुन् ।" पेटभित्रको भ्रुणको लिंग छुट्टाउनु गैरकानुनी हो भन्ने कुरा थाहा भए झै पैसाका लागि यस्तो काम गर्ने डाक्टर पनि सजिलै उपलब्ध छन् भन्ने पनि हामी धेरैलाई थाहा छ । त्यसैले दिदीलाई सोधे–"के छोरा हुन्छ डाक्टरले भनेका हुन् र ?" होइन डाक्टरले त केहि पनि भनेका छैनन् ।
तर यसपालि उनीहरुले छोरा पाउने सुत्र प्रयोग गरेका छन् । त्यसैले पक्का छोरा हुन्छ भन्नेमा उनीहरु ढुक्क छन् । दिदीको यो सहज जवाफ सुनेर म तीनछक परे । छोरा पाउनकै लागि भनेर वर्षेनी सन्तान जन्माएको, भाकल गरेको, भ्रुणको लिंग पहिचान गरि गर्भपतन गराएको कुरा आजकाल जताततै पढ्न पाईन्छ । सुनिन्छ ।
तर छोरो पाउने सुत्र र सुत्र प्रयोग गर्ने बिधिको कुरा मैले पहिलो पटक सुनेकी थिए । मनमा खुल्दुली लाग्यो, आखिर के रै छ त छोरा पाउने सुत्र ? दिदीलाई जोड गरे त्यो सुत्र जसरी नि मलाई नि ल्याइदिनुपर्यो भनेर । त्यसपछिका लगातार ३–४ दिनसम्म उनलाई सुत्रका बारेमा सोधिरहे । दिदीले पनि त्यो सुत्र हात पार्न सकिनन् । तर दिदीका अनुसार त्यो सुत्र तालिकामा छोरा पाउन कुन महिना, बार, गतेमा यौन सम्बन्ध राख्ने भन्नेबारे विस्तृतमा उल्लेख छ रे । अनि श्रीमान श्रीमतीको उमेरले पनि यसमा भूमिका खेल्छ रे ।

You can subscribe by e-mail to receive news updates and breaking stories.
0 comments for " -छोरा पाउन मन छ कि छोरी ? छोरा चाहिएको हो भने यो हो छोरो पाउने अचुक सुत्र यस्तो छ जानी राखौ.. "
Leave a reply