-नेपालमा बढ्यो लिंगको छाला काट्नेहरुको धुइरो, लिङ्गको छाला काट्नेले घन्टौ सेक्स गर्न सक्छन्.. र लिंग ठुलो हुन्छ.. जानी राखौ..
Posted by News NP on | 0 comments
उत्सुकताले भरिएका युवाहरू जे पनि गर्न तयार छन्। अहिले उनीहरू धमाधम आफ्नो लिंगलाई ढाक्ने छाला (foreskin) ताछ्न थालेका छन्। चिकित्सकको सहयोगमा उनीहरूले छाला कटाउन थालेका हुन्। यौनमा सक्रियता बढ्छ भन्ने मान्यता राखेर लिंग ताछ्नेहरूको संख्या बढेको हो। यसलाई अंग्रेजीमा सर्कमसिजन(circumcision) गर्नु पनि भनिन्छ।
लिंगको छाला काट्ने युवासँग यस विषयमा जिज्ञासा राखे उनीहरू यसको फाइदाका सम्बन्धमा सरसर्ती वेलीविस्तार लगाउन पछि पर्दैनन्। सुन्नेलाई पनि अचम्म लाग्न सक्छ। उनीहरूले के गर्न खोजेका हुन् ? अरूले पनि गोप्य रूपमा लिंगको छाला कटाए होला, तर त्यति चर्चा भएन। जब गायक राजेशपायल राईले आफ्नो लिंगको छाला कटाए तब यसको चर्चा ह्वात्तै चुलियो। यस विषयमा उत्सुकता राख्ने पुरुष अहिले आफू पनि त्यसै गर्न अस्पताल चहार्न थालेका छन्। यसको सोधखोज गर्नेहरू पनि बढेका छन्।
‘छाला काटेपछि त सेक्सको ड्युरेसन पनि बढ्छ रे,’ एक युवक जिज्ञासापूर्वक भन्दै थिए- ‘काट्ने स्थानचाहिँ कहाँ होला ?’ राजधानीका एक मोडल पनि आफ्नो लिंगको छाला ताछ्न आतुर छन्। साथीभाइको कुरा सुनेर पनि आफू उक्त निर्णयमा पुगेको उनले बताए। युवापुस्ता त छँदैछ, उमेरले ५० नाघेकाहरू पनि लिंगको छाला ताछ्न उत्सुक छन्। भर्खरै बानेश्वरका एक वृद्धले ५६ वर्षको उमेरमा आफ्नो लिंग ताछे। यौनसम्पर्कको अवधि बढाउन त्यसो गरेको उनले बताए। टेलिभिजनबाट प्रसारित यौन विषयक एउटा कार्यक्रम हेरेपछि आफूले यस विषयमा जानकारी पाएको उनले बताए।
त्यसपछि डाक्टरलाई भेटेर उनले आफ्नो लिंगको छाला कटाए। व्यक्तिको अवस्थाअनुरूप लिंगको छाला काट्नुपर्ने डा. नीरज सुवेदी बताउँछन्। लिंगको छाला काट्नुपर्ने विभिन्न कारण छन्, तर पनि यौनकै लागि उत्सुकताले भरिपूर्ण पुरुषहरू चिकित्सककहाँ धाउने गरेका छन्। डा. सुवेदी भन्छन्- ‘अहिले यौनकै लागि लिंगको छाला काट्न मकहाँ आउने थुप्रै छन्’।
यौनरोगका कारण, धार्मिक कारण, लिंग सफा राख्नबाहेक यौन अवधि बढाउन पनि लिंगको छाला काटिन्छ। ‘यौनकै लागि लिंगको छाला कटाउने बढेका छन्,’ डा.सुवेदी भन्छन्- ‘उनीहरू टाढा-टाढाबाट पनि आउने गरेका छन्।’ केही मिनेटको सामान्य अप्रेसनपश्चात् लिंगको छाला फ्याल्न सकिने भएकाले पनि पुरुषहरू आफ्नो लिंगको अप्रेसन गर्न तयार छन्। अप्रेसनको एक महिनापश्चात् सामान्य यौनमा उत्तिकै सरिक हुन सकिने भएकाले पनि उनीहरू लिंगको छाला काट्न तयार भएका हुन्।
हाल देशका प्रमुख सहरहरूमा पनि यस्ता अप्रेसन गरिन्छन्। यद्यपि नेपाली समाज अझै खुला नभएकाले उनीहरू राजधानी आएरै गोप्यरुपमा आफ्नो लिंगको छाला कटाएर जाने गरेका छन्। डा. नीरज सुवेदीका अनुसार अहिले काठमाडौंमा धरान, पोखरा, विराटनगरबाट पनि यस्तो सर्जरी गर्न चाहने पुरुषहरू आउने गरेका छन्।यसमा सामान्य अप्रेसनको माध्यमबाट पुरुषको लिंग ढाक्ने छालालाई काटेर निकालिन्छ, जुन छाला तन्किने किसिमको हुन्छ। लिंग उत्तेजित हुँदा वा नहुँदा यसले आँखाको ढकनीले नानीलाई जोगाएजस्तै लिंगको अग्रभागलाई जोगाउने कार्य गर्छ।
यो छालाको फाइदाभन्दा बढी बेफाइदा भएकाले अहिले त्यसलाई कटाउनेहरूको भिड बाक्लिँदैछ। छालाकै कारणले लिंगमा विभिन्न रोग लाग्छ। यसले फोहोरलाई पनि छोपेर राख्ने भएकाले लिंगमा विभिन्न संक्रमण हुन्छ। यसले लिंग चिलाउने, पिसाब नली दुख्ने, लिंगबाट नराम्रो गन्ध आउने, घर्षण गराएर चाँडै स्खलन गराउने भएकाले अहिले यसबाट मुक्तिका लागि कटाउन थालिएको हो। सामान्यतः कीटाणुमार्फत सर्न सक्ने रोगबाट बच्न पनि यसो गर्न थालिएको छ। यसले पुरुषको यौनकार्यलाई पनि सुधार गर्ने विश्वास गरिन्छ।
यसले लिंगको आकार बढाउन पनि मद्दत गर्छ, तर त्यसका लागि भने लिंगमा कति रक्त प्रवाह हुन्छ त्यसले पनि निर्धारण गर्छ। अगाडिको छाला नखुलेकाहरूमा पनि सामान्य अप्रेसन गरी छालालाई स्वतन्त्र गर्न सकिन्छ। लिंगको छाला कटाउन २० देखि ३५ वर्षको उमेर उपयुक्त हुनसक्छ। अन्य विविध कारणले लिंगको छाला काट्नेहरू पनि नेपाली समाजमा प्रशस्तै रहेका पाइन्छन्।
कसरी गरिन्छ कटाइ ?
अप्रेसनमा सहभागी हुने पुरुषले सुरुमा आफ्नो लिंगवरिपरिको रौंलाई सफा गर्नुका साथै लिंगलाई पनि सफा गरेर सम्बन्धित क्लिनिकमा जानुपर्छ। सर्वप्रथम लिंगलाई ब्लिच सोलुसनले पखाल्ने काम गरिन्छ। सर्जरी सामान्य तरिकाले लठ्याउने औषधीको प्रयोगबाट गर्न सकिन्छ। चे तना शून्य बनाउनुका साथै अप्रेसनको दौरान पीडा कम गराउन मासु मर्ने सुई लगाइन्छ। त्यसपछि लिंगको छालाको अन्तिम भागमा वरिपर काट्ने चिन्ह लगाइन्छ। माथिल्लोपट्टिको भागबाट पहिले अगाडिबाट छाला काटिन्छ भने छालाको अन्तिम भागसम्म काटिसकेपश्चात् त्यसको अन्तिम स्थानबाट वरिपरि दुवै पट्टिबाट तलतिर काटिन्छ। त्यसपछि लिंग मुण्डन गरिएपछि काटिएको छालाको पछिल्लो अग्रभाग र नरम मासु म्युकोसालाई त्यहीं टाँसिने किसिमले सिलाइ गरिन्छ।
टाँका जुन निकाल्न पनि सकिन्छ भने स्थायी किसिमको पनि हुन्छ, कुनै आफैं झर्ने खालका पनि हुन्छन्। त्यसपछि घाउलाई इन्फेक्सन नहुने किसिमले ड्रेसिङ गरिन्छ। १५ देखि २० मिनटमा कटाइ सकिन्छ। यसबाहेक घाउमा सिलाई गर्न र लिंगको आकारलाई अझ आकर्षक बनाउन समय लाग्छ। लिंगको छाला फ्यालेका व्यक्तिहरू सामान्य उपचारपश्चात् घर जान सक्छन्। उनीहरूले अस्पतालमा बस्नु आवश्यक हुँदैन। घाउ ७ देखि १० दिनभित्रमा पूर्ण निको हुन्छ। हल्का पीडा मात्र हुन्छ। हाल यस्तो अप्रेसन गर्न ४ हजार देखि ६ हजार रुपैयाँसम्म लाग्छ।

You can subscribe by e-mail to receive news updates and breaking stories.
0 comments for " -नेपालमा बढ्यो लिंगको छाला काट्नेहरुको धुइरो, लिङ्गको छाला काट्नेले घन्टौ सेक्स गर्न सक्छन्.. र लिंग ठुलो हुन्छ.. जानी राखौ.. "
Leave a reply