-दादबाट छुट्कारा पाउने घरेलु रोकथामका उपाय…जानी राखौ... (भिडियो सहित )..

Posted by hawa sansar on | 0 comments


दाद- त्यो फुस्रो, अत्ति चिलाउने अनि अप्ठ्यारो ठाउँमा देखा पर्ने छालाको सङ्क्रमण हो, जुन ‘फङ्गस’ (Fungus) को कारण आउँदछ। फङ्गस, जसलाई ‘ढुसी’ पनि भनिन्छ, यस्तो जीवाणु हो जसले जीवित तथा अजीव वस्तुको शरीरलाई सङ्क्रमण गरेर नष्ट गराइदिन्छ।


दादले अधिकांश व्यक्तिहरूलाई सताइरहेको हुन्छ र कति औषधी उपचार गर्दा पनि यसबाट मुक्ति पाउन सकिराखेका हुँदैनन्।

दाद एक सरुवा रोग हो र यो सङ्क्रमित व्यक्ति अथवा जनावरसँगको लसपसबाट सर्दछ। केवल छालाको स्पर्शबाट मात्र नभएर यो रोग साझा कपडाको प्रयोग र जुठो खानाबाट पनि सर्दछ।

साधारणतया, दाद चिलाउने खालको हुन्छ र छालामा गोलो, रातो अनि फुस्रो दाग देखा पर्दछ। विशेष गरी, गुप्ताङ्ग (योनी, काखी, पुठो), घुच्चुक, औँलाको काँपा जस्ता ओसिलो तर न्यानो ठाउँमा दाद आउने गर्दछ।

(चस्मा लगाउन मन छैन भने गाँजर र पालुङ्गोको जुस पिउनुस्- स्वस्थ आँखाको लागि अन्य घरेलु उपाय…)

दादको कारण

दाद (Ringworm) कुनै ब्याक्टेरियाको कारणबाट आउँदैन, यो त ढुसी (Fungus) को सङ्क्रमणबाट आउने रोग हो।

छालाको दाद (Tinea corporis) सामान्यतया Trichophyton rubrum नामक फङ्गसको सङ्क्रमणको कारण आउने गर्दछ, जुन एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने गर्दछ। अर्को हुन्छ, Microsporum canis फङ्गस, जुन कुकुर र बिरालोबाट सर्ने गर्दछ।
(चायाँलाई सखाप पार्छ कागती अनि जीराले, यस्ता छन् अन्य घरेलु उपाय…)

कस्तो व्यक्तिलाई दाद आउने गर्दछ?
त्यस्ता व्यक्तिहरूलाई दादको सङ्क्रमणले सताउन सक्छ, जो:-

दादबाट सङ्क्रमित व्यक्तिसँग लसपस गर्छ, उसको जुठो खान्छ, उसले प्रयोग गर्ने लत्ताकपडाको प्रयोग गर्छ।
जसको प्रतिरक्षा प्रणाली कमजोर छ र जसलाई मधुमेह अथवा क्यान्सर छ।
जो न्यानो र ओसिलो वातावरणमा बसोबास गर्छ।

जसले कसिलो लुगा लगाउँछ, अथवा जो धेरैबेर सम्म चिसो लुगाएर बस्छ। जस्तै, व्यायाम गर्दा पसिनाले भिजेको लुगा धेरैबेरसम्म लगाइराख्दा पनि दाद आउन सक्ने सम्भावना बढि हुन्छ।


(चिनीले ठीक गर्छ फुटेको कुर्कुच्चालाई, कसरी? जान्नुहोस् अन्य ३ घरेलु तरिका…)

0 comments for " -दादबाट छुट्कारा पाउने घरेलु रोकथामका उपाय…जानी राखौ... (भिडियो सहित ).. "

Leave a reply

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Recent News

Archives