कतारमा १ सय ८० नेपाली कामदार भोकभोकै, काम नपाएर बिचल्ली
Posted by News NP on | 0 comments
कामदारहरु अहिले आएर खानाको अभाब झेल्न बाध्य हुन थालेका छन् ।
रिलिज दिन्छु तलब दिन्छु घर पठाइदिन्छु भन्ने जस्ता शब्द उनीहरुलाई सुन्दा पनि अचम्म लाग्न थालिसकेको छ ।
आफूले साथमा राखेको पैसाबाट खाँदै गरेका उनीहरु अहिले भने समस्यामा छन ।
राजदूताबास जाँदै फर्कदै गरेका रसुवा लहरे पौवा बडा नम्बर ९ का कृष्णप्रसाद अधिकारी आफू आएको १८ महिना भएको बताउँछन । उनी चाहन्छन काम दिन नसके रिलिज दिएर पठाए काम खोजी गर्ने उनको चाहना छ ।
दाङका धर्ना– ९ का भरत चौधरी कतार आएको एक वर्ष भयो । चौधरी भन्छन जसरी हुन्छ नेपाल फर्कन पाए हुन्थ्यो ।
रामेछाप बिजुरकोट– ८ का हरिबहादुर महत २ वर्षभन्दा बढीदेखी सोही कम्पनीमा कार्यरत छन् ।
पाल्पा पोखराथोक– ४ गाफेका टोपबहादुर कुमाल भन्छन, ‘प्रहरी चौकी त कति पटक गयौँ, तर खाली हात फर्काउँछ ।’
१८० जनाभन्दा बढी नेपाली कामदार रहेको उक्त कम्पनीमा हालको समस्यालाई लिएर नेपाली दूताबास गैरआबासीय नेपाली संघ पनि गम्भीर बनेको छ ।
समस्याको बारेमा जानाकारी पाए पाश्चात कतारका समाजसेवी तथा ब्याबसायी आरके शर्माले १५ बोरा चामल, दाल, ३ बोरा खाने तेल एक टिन नुन लगायतका सामान उपलब्ध गराएका छन् । दैनिकनेपालमा समाचार छ।

You can subscribe by e-mail to receive news updates and breaking stories.
0 comments for " कतारमा १ सय ८० नेपाली कामदार भोकभोकै, काम नपाएर बिचल्ली "
Leave a reply