खुल्यो मनिषा घर्तिमगरको मृत्युको सत्य तथ्य.. कारण पुरा समाचार पढ्नुहोस्..
Posted by News NP on | 0 comments
काठमाण्डु, १८ जेठ– राष्ट्रिय फुटबल टोलीका खेलाडी विमल घर्तीमगरकी बहिनी मनिषा घर्तिमगरको शवको पोष्टमार्टमको रिपोर्ट आएको छ ।
मंंगलबार त्रिवि शिक्षण अस्पतालले प्रहरीलाई बुझाएको रिपोर्टमा घाँटीमा भएको प्रेसरको कारण उनको मृत्यु भएको उल्लेख गरिएको छ ।
शिक्षण अस्पताल फोरेन्सिक विभाग प्रमुख डा. हरिहर वस्तीका अनुसार मनिषाको गालामा सामान्य चोट देखिएको छ । त्यसैगरी घाँटीमा २५ सेन्टिमिटरको डाम रहेको छ जुन झुन्डिएको सलको अकारसँग मिल्दोजुल्दो रहेको छ ।
रिपोर्टमा उनी आफै झन्डिएको वा अरुले झुन्डाएको बारे नखुलेकाले हत्या हो या आत्महत्या भन्ने विषयमा अझै अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

You can subscribe by e-mail to receive news updates and breaking stories.
0 comments for " खुल्यो मनिषा घर्तिमगरको मृत्युको सत्य तथ्य.. कारण पुरा समाचार पढ्नुहोस्.. "
Leave a reply