वाइफाईको पासवर्ड चाहियो ? पत्ता लगाउन यसो गर्नुहोस...जानी राखौ.. (भिडियो सहित )..

Posted by News NP on | 0 comments


यो पासवर्ड सामान्य फर्म्याटमा देख्न सकिन्छ जसलाई प्रयोगकर्ताले सहजै पढ्न सक्दछन्। यो पासवर्ड आफ्नो पर्सनल वाइफाई नेटवर्कमा मात्रै काम लाग्दछ।


अफिसको नेटवर्क वा अन्य प्रयोगकर्ताको पासवर्ड पत्ता लगाउन यो विधि अपनाउनेः

स्टेप १

कम्प्युटर वा ल्यापटपको कन्ट्रोल प्यानलमा जाने। Start > Control Panel > Network and Sharing Centre नेटवर्क सेयरिङ सेन्टरमा वायरलेस र वायर्ड नेटवक्र्स दुवैको लिस्ट दिएको हुन्छ। यदि विन्डोज एट को प्रयोग गरिएको भए “Windows key + C” गर्ने।
यो सर्टकट एकसाथ क्लीक गर्ने र यसपछि सर्चमा क्लीक गरी Network and Sharing Center मा क्लीक गर्ने।

स्टेप २

नेटवर्क एण्ड शेयरिङ सेन्टरमा गएपछि Change adapter settings नामको अप्सनमा क्लीक गर्ने।

स्टेप ३

अव यो स्टेपमा जुन वाइफाईको प्रयोगकर्ताले जुन पासवर्ड खोजेको हो त्यसमा सेलेक्ट गरेर राइट क्लीक गर्ने । यसपछि Status अप्सनमा गई वायरलेस प्रपर्टिज नामको अप्सनमा क्लीक गर्ने ।
यसपछि ल्यापटप वा कम्प्युटरमा एक विन्डोज खुल्छ जसमा दुई ट्याब दिएको हुन्छ। एउटा कनेक्सन र अर्काे सेक्युरिटि ट्याब हुन्छ जसमध्ये सेक्युरिटि ट्याबमा क्लीक गर्ने ।

स्टेप ४

अव प्रयोगकर्ताको सामु तीन वटा अप्सन आउँदछन् । यसमा सेक्युरिटी टाइप, इन्स्क्रीप्सन टाइप र नेटवर्क सेक्युरिटी रहेको हुन्छ । जसमध्ये नेटवर्क सेक्युरिटी अप्सनमा पासवर्डको स्थान देखिन्छ ।
त्यसको तल चेक वक्स देखिन्छ जसमा क्जयध Show Characters लेखेको हुन्छ । यहि चेक बक्समा क्लीक गरेपछि प्रयोगकर्ताले आफूले विर्सेको पासवर्ड सहज तरिकाले देख्न सक्दछन् ।

0 comments for " वाइफाईको पासवर्ड चाहियो ? पत्ता लगाउन यसो गर्नुहोस...जानी राखौ.. (भिडियो सहित ).. "

Leave a reply

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Recent News

Archives