-हिमाल सागरसंग जिन्दगी सफल हुने अन्जु पन्तको आशा (भिडियो सहित),,!!==>>
Posted by News NP on | 0 comments
नयां वर्ष २०७३ लाई स्वागत गर्दै गायक गायिका हिमाल सागर र अन्जु पन्तले जीवनलाई नयां मोडमा लैजाने प्रण गरेका छन् । हिमालले अन्जु पन्तलाई जिन्दगीको प्राप्ति मानेका छन् भने अन्जुले पनि हिमालसंग आफ्नो जिन्दगी सफल हुने घोषणा गरेकी छन् ।
तर, वास्तविक जीवनमा होइन नृपेश उप्रेतीको गीतमा । गीतकार नृपेश उप्रेतीको आहान अर्को खुशी एल्बमको प्रेमिल भावले ओतप्रोत यस गीतमा संगीतकार अर्जुन पोखरेलले प्रेमका सम्पूर्ण सांगीतिक रसहरु घोलेर कर्णप्रिय बनाएका छन् । अनि गीतले व्यक्त गरेको प्रेमिल भावलाई पर्दामा उतारेका छन् अहिलेका चर्चित म्यूजिक भिडियो निर्देशक दिपेन्द्र केसीले ।
जिन्दगीको प्राप्ति तिमी… बोलको उक्त गीतको भिडियोमा अहिलेका चर्चित नायक अनुप बिक्रम शाही शरला थापासंग रोमान्समा लिप्त भेटिन्छन् । यो म्यूजिक भिडियोमा प्रस्तुति र लोकेशनलाई विशेष ध्यान दिइएको निर्देशक केसी बताउंछन् । पहिलो पटक हिमालले अन्जु पन्तसंग युगल गीत गाएको बताउंदै गीत निकै राम्रो बनेको बताए । त्यसैगरि अन्जु पनि २०७३ का लागि आफूले आशा गरेको गीत भएर श्रोताहरुले मनपराउनेमा विश्वस्त रहेको बताउंछिन् ।

You can subscribe by e-mail to receive news updates and breaking stories.
0 comments for " -हिमाल सागरसंग जिन्दगी सफल हुने अन्जु पन्तको आशा (भिडियो सहित),,!!==>> "
Leave a reply