-नेपालमा फेरि आउने भयो अर्को डरलाग्दो संकट !!! हामी नेपालीहरुको के हाल हुने हो ..?

Posted by News NP on | 0 comments


वैशाख काठमाडौं । कहिले भारतीय नाकाबन्दी त कहीले भूकम्प अनि कहिले बाढीपहिरो जस्ता विपद् सामना गरिरहेको नेपाल र नेपालीमाथि फेरि अर्को संकट आउने सम्भावना बढेको छ । मौसमविदहरुले नेपालमा खतराको घण्टी बज्नु सुरुभएको घोषणा गरेका हुन् ।

उनीहरुका अनुसार नेपालमा यो वर्ष औसतभन्दा कम पानी पर्ने छ । जसका कारण कृषि आधारीत नेपाली जनजीवन प्रभावित बन्न सक्ने छ । प्रशान्त महासागरमा बढ्दै गएको तापक्रमले मौसमी प्रणालीलाई विगारेको मौसमविदहरुको दाबी छ ।


यहि कारण नेपालको अधिकांश क्षेत्रमा औषतभन्दा कम पानी पर्ने सास्कोफ बैठकको निष्कर्ष रहेको मौसमविद राजु प्रधानांगले बताए । श्रीलंकाको राजधानी कोलम्बोमा भएको दक्षिण एसियाली राष्ट्रहरुका मौसमविदहरुको बैठकले दक्षिण एसियामै मनसुन औसत हुने निष्कर्ष समेत निकालेको उनले बताए ।

बैठकमा नेपालको तर्फबाट जल तथा मौसम विज्ञान विभागका शिवप्रसाद नेपालले सहभागिता जनाएका थिए । प्रशान्त महासागरमा सन् २०१५ देखि इएल निन्योको सक्रियता घनुले मौसममा प्रभाव पारेको र यसले पानी पर्ने दर घटाएको निश्कर्ष रहेको छ ।

जुन महिनादेखि सेप्टेम्बरसम्म मनसुनको मुख्य अवधि हो । एल निन्यो हरेक दुई वा सात वर्षमा देखापर्ने न्यानो पानीको धार हो । यस्तो धार देखापर्दा अत्याधिक वर्ष हुने गर्दछ ।

यस्तोमा समुद्रको चीसो पानी माथि उठ्न सकदैन र त्यहाँ आश्रीत चराहरु समेत अन्तै सर्ने गर्दछन् । तर, यस पटक एल निन्योको सक्रियता घट्दै गएकाले दक्षिण एसियाको पश्चिमी र पूर्वी क्षेत्रमा औसतभन्दा निकै कम कम पानी पर्ने मौसमविदहरुको ठहर छ । नेपालको हकमा मनसुनी वर्षा औषत मात्रै हुने सम्मेलनको निश्कर्ष छ ।
८० प्रतिशत कृषिमा आधारीत जनजीवन त्यसमा पनि ५० प्रतिशत बढी आकासे पानीमा आश्रीत कृषि प्रयालीलाई समस्या पार्नसक्ने अनुमान गरिएको छ र यसको समाधानका लागि कृतिम वर्ष गराउने क्षमता समेत हामोमा नरहेको अवस्था छ ।

भारतमा पनि यस पटक भयावह अवस्था आउनसक्ने अनुमान गरिउको छ । भारतमा अहिले नै पानीको हाहाकार भैसकेको छ ।

एल निन्योको प्रभाव भेनेजुएलामा पनि परिसकेको छ । त्यहाँ पानीका कारण इन्धन संकट गहिरिएपछि कर्मचारीहरुलाई हप्तामा पाँच दिन विदा दिन थालीएको समाचार आइरहेको छ । स्रोत : DNN News
नेपाल सन्देश मा समाचार छ

0 comments for " -नेपालमा फेरि आउने भयो अर्को डरलाग्दो संकट !!! हामी नेपालीहरुको के हाल हुने हो ..? "

Leave a reply

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Recent News

Archives