यौनांग टाइट बनाउने घरेलु तरिका !!! प्रत्येक महिला पुरुषले जान्नैपर्ने कुरा जानी राखौ..

Posted by News NP on | 0 comments


म अविवाहित युवती हुँ । मेरो अहिले विवाह हुन लागेको छ । मैले पहिले एक केटा साथीसँग बारम्बार यौनसम्पर्क गरेको थिएँ । त्यसैले मेरो यौनांग एकदम लुज भएको छ । यौनांग टाइट बनाउन के गर्नुपर्छ । म चाहन्नँ कि मैले यौनसम्पर्क गरेको कुरा मेरा श्रीमान्ले थाहा पाउन । कृपया केही विकल्प दिनुहोला ।
स.२१२३ 

विवाहपूर्व यौनसम्पर्क 
उमेर त भन्नुभएको छैन तर आशा गर्छु, युवावस्थामै हुनुहुन्छ । तपाईंले केटा साथीसँग यौनसम्पर्क भएको कुरा त गर्नुभएको छ तर तपाईंको ती केटा साथीसँग कस्तो सम्बन्ध थियो भन्ने सन्दर्भमा भने कुनै कुरा नगर्नु भएकाले पनि सम्बन्ध गहिरो थिए भन्ने कुरा स्पष्ट हुन्छ । त्यसैले पनि श्रीमान्लाई यस सम्बन्धमा थाहा नहोस् भन्ने चाहना राख्नुभएको होला ।

युवावस्थामा यौनेच्छा तीव्र हुन्छ नै, त्यसैले यौनसम्पर्क राख्न पुगिन्छ । सहमतिमै भएका यौनसम्पर्कका पनि समस्या हुन्छन्, त्यसैले जोसमा होस गुमाउनु हुँदैन । तपाईंलाई गर्भको भय भएको देखिएन, सम्भवत: तपार्इंले गर्भनिरोधको उपाय अपनाउनुभएको हुनुपर्छ । यस्तो सम्बन्धमा यौनरोगको समस्या भोग्नुपर्ने स्थिति हुन सक्छ भन्ने कुरा पनि थाहै होला, तपाईंलाई त्यसको चासो भएको देखिँदैन । सम्बन्धको स्थायित्व नहुँदा वा त्यसले निरन्तरता नपाउँदा त्यसका आफ्नै किसिमका समस्या हुन्छन् भन्ने पनि तपाईंलाई थाहै होला । गहिरो वा प्रेममय सम्बन्धबीच यौनसम्पर्कसम्म गर्न पुग्दा हुने समस्या थप असजिलो किसिमको हुन सक्छ । तपाईंको प्रश्न पनि यस्तै सेरोफेरोमा घुमेको छ ।

यौनसम्पर्क र योनांगको खुकुलोपनका सम्बन्धमा कुरा गर्नुभन्दा पहिले योनिको संरचनाका बारेमा कुरा गरौं । तपाईंले बुझ्नुपर्ने तथ्य के हो भने योनि मांसपेशीले बनेको एकदमै तन्कन सक्ने गुण भएको नली आकारको अङ्ग हो । एकछिन विचार गर्नुहोस् त, कुनै ठूलो आकारको कुरा मुखमा हालियो भन्दैमा त्यो सधैं खुकुलो भएर सानो कुरा च्याप्नै नसक्ने गरी खुकुुलो हुन्छ र ? उदाहरणका लागि ठूलो लड्डु खाँदैमा हामी ओठले सियो समात्नै नसक्ने हुन्छौं र ? योनिको सन्दर्भमा पनि यही कुरा लागू हुन्छ । त्यसैले तपाईंको चासो समस्या नभएकाले त्यसको खासै आधार भने छैन भन्दा हुन्छ, यद्यपि केगेल (प्भनभ)ि कसरत योनिको मांसपेशीलाई कसिलो राख्ने एउटा राम्रो उपाय हो ।

यौनाङ्ग क्षेत्रको मांसपेशीलाई बलियो बनाउन गरिने कसरत हो यो । यसका लागि तपाईंले निम्न कुरा गर्नुपर्ने हुन्छ । सबैभन्दा पहिले उगदयअयअअथनभगक भनिने मांसपेशी समूहको पहिचान गर्नुपर्छ । यसका लागि पिसाब फेर्दा मांसपेशीको संकुचन गरेर पिसाब रोक्ने प्रयास गर्ने र यो प्रक्रिया दोहोर्‍याई, तेहेर्‍याई उक्त मांसपेशी पहिचान गर्नुपर्छ । यसले योनिद्वारलाई पनि घेरेर राखेको हुन्छ । अब यसको कसरत गर्न थाल्नुपर्छ । सुरुमा यस्तै १ सेकेन्डसम्म बेस्सरी खुम्च्याएर राख्ने र छाड्ने अर्थात् खुकुलो बनाउने । विस्तारै यसलाई बढाएर ५ सेकेण्डसम्म पुर्‍याउनुपर्छ । 

बिस्तारै यो १० देखि १५ सम्म संकुचित गर्ने (खुम्च्याउने) र छोड्ने । यो क्रम बढाउँदै दिनभरिमा यस्तो क्रम २० पल्टसम्म पुर्‍याउनुपर्छ । ६ हप्तासम्म नियमित रूपमा यो कसरत गरे थाहा पाउने गरेर केही फरक देखिन्छ । यो मांसपेशी संकुचित गरेर यौनसम्पर्कका बेला लिङ्गलाई बेस्सरी समात्न प्रयोग गर्न सकिन्छ । यसले तपाईंलाई मात्र होइन, तपाईंको श्रीमान्लाई पनि यौनसुख प्राप्त गर्न मद्दत मिल्छ अनि यौनसम्पर्क गर्दा योनिको मांसपेशीमा संकुचन ल्याएर होस् वा विभिन्न आसन जस्तै कि तिघ्रा नजिक ल्याएर होस्, योनिमार्गलाई सानो बनाएर लिङ्गको घर्षणका लागि आवश्यक दबाब सजिलै सिर्जना गर्न सकिन्छ ।
अर्कातर्फ, लिङ्ग पातलो कि योनि खुकुलो कसरी निर्धारण गर्ने भन्ने अर्को प्रश्न पनि त्यत्तिकै जायज हुनसक्छ ।
श्रीमान्ले थाहा पाउने–नपाउने कुरा
गर्भ रहेको स्थितिमा कसैले पनि यौनसम्पर्क भएको सजिलै थाहा पाउन सक्छन् । तपार्इंको गर्भ रहेको स्थिति छैन, तर अन्य स्थितिमा भने यो कुरा थाहा पाउन त्यति सजिलो छैन । यी कुरा कति गोप्यताका साथ गरिएको छ भन्ने कुरामा भर पर्छ । पहिलेको केटासाथीसँगको सामीप्यताका बारेमा चर्चा गरिएन भने तपाईं यो परिस्थितिबाट गुज्रनुभएको होला भन्ने थाहा पाउन सकिने छैन । पुरुषलाई महिला यौनाङ्गको बनावटबारेमा सामान्य जानकारी हुने भए पनि तपाईंको योनिको बनावट वा स्वरूप यस्तै थियो भन्ने थाहा हुँदैन र यौन सम्पर्क राखेको कुरा थाहा पाउन त झन् गाह्रो कुरा हो ।
तपाईंलाई थाहै होला, पहिले पहिलेको जस्तो योनिच्छदलाई मात्र आधार बनाउने स्थिति अहिले छैन ।

तपाईंले विचार गर्नुपर्ने अर्को पक्ष पनि छ । त्यो के भने घरपरिवार, छर–छिमेक अनि समाजले यस्ता सम्भावित सम्बन्धलाई जहिले पनि निकै चासोको साथ नियालिरहेको हुन्छ र गोप्यता वा गोपनियताको कुरा तुलनात्मक हुन सक्छ । अर्को व्यक्तिसँगको सामिप्यता कसै न कसैले देखेको हुन्छ र यस्ता कुरा सार्वजनिक हुन सक्छन् र अन्त्यमा उक्त कुरा श्रीमान्ले पनि थाहा पाउने सम्भावना हुन सक्छ । अर्को विचार गर्नुपर्ने कुरा, तपाईंको केटासाथी के–कस्तो स्वभावको हुनुहुन्छ । 

तपाईको केटासाथीसँग किन सम्बन्ध अघि बढेन भन्ने कुरा थाह भएन, तर उहाँको स्वभाव वा चरित्र ठीक छैन भने उहाँले पनि तपाईंहरूबीचको यौनसम्पर्कलाई चर्चामा ल्याउने खतरा हुन्छ । यस्तो जोखिम कति छ भन्ने कुरा विचार गर्नुपर्छ । कतिपय स्थितिमा उसले भयादोहन गर्न पनि पछि नपर्न सक्छ, तर भयादोहन गर्न नसकोस् भनेर मन बलियो बनाउनुपर्छ । तपाईंमा परिस्थिति खुलस्त भएको स्थितिमा जीवन अघि बढाउने अर्थात् सामान गर्ने अठोट छ भने तपाईंलाई भयादोहन गर्न सजिलो हुने छैन ।

अन्त्यमा के कुरा भनौं भने तपाईंमा विवाह भएपछि पतिले तपाईंको अर्को केटासँगको यौनसम्पर्कका बारेमा थाहा होला वा नहोला भन्ने चिन्ता मात्र छ भन्ने बुझिन्छ । माथि चर्चा गरिएका बुँदालाई एकपल्ट गहिरिएर विचार गर्नुहोस् र फरक दृष्टिकोणवाट पनि यो समस्यालाई हेर्नुहोस् ।  डा. राजेन्द्र भद्रा -Saptahik

0 comments for " यौनांग टाइट बनाउने घरेलु तरिका !!! प्रत्येक महिला पुरुषले जान्नैपर्ने कुरा जानी राखौ.. "

Leave a reply

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Recent News

Archives