यसकारण भाग्यशाली वर्ष रहने छ नेपाल र नेपालीको लागि २०७३ साल !

Posted by News NP on | 0 comments


 ज्योतिष डा. सुनील सिटौला
आज तान्त्रिक ज्योतिषमा सुर्य ग्रह मेष राशीमा प्रवेस गर्ने जनविश्वास छ। जसलाई सामान्य भाषामा मेष साक्रन्ती भनिन्छ र नेपाल, बङाल एवम दक्षिण भारत लगाएत श्रीलन्कामा नयाँ वर्ष उत्सव मनाइन्छ। सुर्यग्रहको एक नाम विक्रम रहेको र सुर्य मेष राशीमा प्रवेश गरेको आधारबाट विक्रम सम्वत मनाइन्छ। आज देखी विक्रम सम्वत २०७३ सुरुहुने तान्त्रिकहरुको मान्यता छ।


वैदिक ज्योतिषमा सुर्य चैत्र ७ गते आईतवार नै मेष राशीमा प्रवेश गरिसकेको हुन्छ। यसैलाई मेष विशुवत भनिन्छ। त्यो दिन दिन र रात बराबर हुने हुन्छ। वास्तवमा यसै दिन देखी विक्रम सम्वत २०७३ सुरु भैसकेको हुन्छ।

यसैलाई आधार मानेर सम्हिता ज्योतिषमा देस, काल परिस्थितीको पुर्व अनुमान लगाउने व्याख्या छ। जस अनुसार यो सालको सल्लाहकार ग्रह सुर्य  हुन्छ। अनी चैत्र प्रतिपदा वैदिक ज्योतिष अनुसार फाल्गुन ९ गते बुधवार परेको थियो। 

जस अनुसार यो सालको सासक ग्रह बुध हुन्छ। बुध सासक हुँदा वर्षा काम हुने, अन्न उब्जनी कम हुने जस्ता स्वभाविक फलहरु भएता पनि नेपालको लागि सुर्य लाभ स्थानमा र बुध कर्मस्थानमा बसेको हुनाले यो साल शुभ फल्दायी हुने देखिन्छ।

त्यस्तै तान्त्रिक ज्योतिषमा लाहिडी अयनाम्सको गणित अनुसार काठमाडौंको आकाशमा आज साँझ ७:३१ मा सुर्य मेषमा प्रवेस गर्ने छ। जुन समयमा पुर्विय क्षितिजमा तुला लग्नको कुम्भ नवमाम्स उदाइरहेको हुनेछ।

भाग्य स्थानमा चन्द्रमा रहनु भाग्यसाली वर्ष रहने छ, नेपाल र नेपालीको लागि २०७३ साल। त्यस्तै केन्द्रमा बुधआदित्य योग अनी लाभ स्थानमा गुरु चन्डाल, सकारात्मक नै देखिन्छ। बुधआदित्य योगले गर्दा नेपाल विश्वसामु प्रतिष्ठित हुन पुग्ने छ।

 बिरोधीहरु गुटउपगुटमा विभाजन हुन पुगी आँफै कम्जोर हुने छ्न। तर लाभ स्थानको गुरुचन्डाल योगले चाँही धार्मिक क्षेत्रमा केही खलल पुग्ने सम्भावना रहन्छ। साथसाथै पश्चिमी देसहरुसँग नयाँ सन्धि सम्झौता हुने छ। जुन नेपालको लागि लाभ दाएक नै हुनेछ। मित्र राष्ट्र भारतसँगको सम्बन्धमा कुनै नयाँ पन देखिदैन। भारतको कालसर्प योगले गर्दा छिमेकीसँगको सम्बन्ध र आन्तरिक अवस्था सदैव तनाव युक्त नै रहिरहने हुन्छ।

तर अर्को महत्वपूर्ण कुरा अहिले आकाशमा ४२७ वर्षपछी अलिकता असामान्य ग्रह योग परेको छ, वैसाख जेठसम्म, जसले गर्दा नेपालले पनि संकट भोग्न पर्छ। तर असारलागे पछी हामीलाई शुभ फल प्राप्त हुँदै जानेछ।

0 comments for " यसकारण भाग्यशाली वर्ष रहने छ नेपाल र नेपालीको लागि २०७३ साल ! "

Leave a reply

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Recent News

Archives