-प्रधानमन्त्रीलाई हावामा उडाउने हावादारीहरुले अमेरिकाबाट केही सिक्ने कि ?.. पुरा समाचार पढ्नुहोस्
Posted by News NP on | 1 comments
नेपालमा प्रधानमन्त्रीले हावाबाट बिजुली निकालेर भएपनि लोडसेडिङ अन्त्य गर्ने कुरा गरेको सन्दर्भमा मानिसले निकै टिकाटिप्पणी गरे । मलाई पनि लाग्यो नेपालमा त्यति धेरै जलबिद्युतको सम्भावना छ, हावाबाट किन निकाल्नु पर्छ बिजुली ? सोम खनाल
क्रिसमसको बिदामा सिकागो शहर गएको मौकामा बिद्युत इन्जिनियर ओम दाहाल (पीएचडी) र सिभिल इन्जिनियर कृष्ण ढकाल (पीएचडी अध्ययनरत) सँग भेट हुने सौभाग्य मिल्यो । ओमजीको आतिथ्यमा एक रातसंगै रहँदा मैले दुबै इन्जिनियरहरूसँग जिज्ञासा राखें– “नेपालले हावाबाट बिजुली निकाल्नु जरुरी छ र ?” जवाफ सुनेर म मेरो पूर्बमान्यतामा पुनर्बिचार गर्न बाध्य भएँ । उहाँहरूको बिचार यस्तो थियो – नेपाल भुकम्पीय जोखिममा रहेको त सबैले बुझिसक्यौं । भुकम्पको कारण जमीन भित्रको अबस्था के कस्तो छ भन्न सकिदैन । भुकम्पीय कारणले हाम्रा जलबिद्युतका बाँध भत्किएको अबस्थामा हामी बिद्युतबिहीन हुन सक्छौं । तसर्थः सबै स्रोतबाट बिद्युत उत्पादन गर्नुपर्छ । उहाँहरूको कुरा शतप्रतिशत सही हो ।
हाल नेपालमा बिद्युतको चरम अभाब छ । तर यो अबस्था तत्कालिन हो । बनिरहेका आयोजनाहरूको आशा गर्दा सम्भवतः अबको ५ बर्षमा नेपालमा जलविद्युत कमसेकम बिजुली बाल्न पुग्ने गरी त उत्पादन होला । तर माननीय गगन थापाजीहरु ५० बर्षको कुरा गरिरहनु भएको छ । तसर्थ ५० बर्षको बिद्युत अवस्थाको योजना गर्दा हामीले बिजुलीका अन्य स्रोतहरुको बारेमा सोच्नु पर्ने हुन्छ । चर्चा हावा बिजुलीको भएको हुँदा मलाई अमेरिकामा हावा बिजुलीको अवस्था के रहेछ भनेर जान्ने जिज्ञासा लाग्यो ।
अमेरिकामा (प्रतिघण्टा) साढे चार लाख मेगावाट भन्दा बढी बिजुली निस्किँदो रहेछ । सुन्दा पनि अत्यासै लाग्ने ! नेपालमा पहाडका टाकुरा र नागीहरू, चियाका बगानहरू जताततै हावा बिजुलीको खेती गर्न सकिन्छ र गर्नु पनि पर्छ ।
अमेरिकामा (प्रतिघण्टा) साढे चार लाख मेगावाट भन्दा बढी बिजुली निस्किँदो रहेछ । सुन्दा पनि अत्यासै लाग्ने ! कुल जडित बिद्युत उत्पादन क्षमता कति छ, त्यो त मैले खोजिन तर सन् २०१४ सम्ममा हावाबाट बिजुली निकाल्ने हावा मीलको कुल जडित क्षमता करीब ६५,००० मेगावाट रहेछ । २०१५ सम्ममा कुल बिद्युत खपतको करिब ५ प्रतिशत (करिब २३,००० मेवा) बिजुली हावावाट निकालिएको बिजुलीबाट पूर्ति गरिँदो रहेछ । अमेरिकाको पूर्बिय तटका राज्यहरूमा हाबा बिजुली उत्पादन नगरिएको भए पनि अन्य १६ राज्यले कम्तीमा १००० मेगावाट हावा बिजुली उत्पादन गर्ने गरि हावा मील जडान गरेका रहेछन् । त्यसमा पनि टेक्सास (१६,५०० मेगावाट), क्यालिफोर्निया )६,०००) र आईवोवा (५,८०० मेगावाट) तीन राज्य हावा मील जडान गरेका मध्ये अग्रणी राज्य रहेछन् । प्रतिमील बिद्युत उत्पादनमा पनि राज्य अनुसार फरक रहेछ । क्यालिफोर्नियामा प्रति टर्वाईन ५०० किलोवाट उत्पादन हुने रहेछ । तर टेक्सास र आइवोवामा एउटा टर्वाईनबाट सरदर १.६ मेगावाट बिजुली उत्पादन हुँदो रहेछ । टर्वाईनको साइज, हावाको गति र नियमिततामा क्षमता निर्भर रहने कुरा अनुमान गर्न सकिन्छ । साउथ डकोटा राज्यमा दुईबर्ष बस्दा मैले कुनै कुनै समयमा हावामिलहरू नघुमेको पनि देखेको थिएँ ।
टेक्सास र क्यालिफोर्निया राज्य ठूला छन् । तर करिब नेपाल जत्रै क्षेत्रफल भएको आइवोवा राज्यसँग नेपालको तुलना अलि मिल्न जान्छ । आइवोवा राज्यको क्षेत्रफल १ लाख ४८ हजार ३३४ बर्ग किमी छ, जुन नेपालको जस्तै हो । मैदानी भूभागले बनेको यो राज्यको जनसंख्या करिब ३२ लाख मात्र छ । तर यो राज्यमा कूल २० हजार मेगावाट बिद्युत उत्पादन हुनेरहेछ, जसको करिब २९ प्रतिशत (करिब ५,८०० मेगावाट) बिजुली हावाबाट निकालिएको छ । पूर्ण रूपमा भूपरिबेष्ठित आइवोवा राज्यलाई आधार मान्दा हामीले नेपालमा ६,००० मेगावाट बिजुली त हावाबाटै निकाल्न सकिने पो रहेछ त ।
कुनैबेला वासिङ्टन राज्यको सियाटलबाट कोलोराडोको डेनभर आउँदा जहाजबाट तल असंख्य सेता हावामिलहरू देखेको थिएँ । चितवनको टाँडीबाट जुटपानी जाँदा बाटोमा देखेका केरा खेतिको याद दिलाउने ती हावा बिजुलीका खेतले मलाई उतिखेरै हुर्याएर मुस्ताङका पठारहरूमा पनि पुर्याइदिएको थियो । मुस्ताङका पथ्थरिला पठारमा केही उब्जिदैन । ती पठारहरू एउटै खेतीका लागि उर्बर छन्, हावा बिजुलीको खेती । बर्षामा मात्र पानी बग्ने कयौं बर्षे खोलाका बगरहरू पनि हावाबिजुलीका लागि उर्बर हुन सक्छन् । नेपालमा पहाडका टाकुरा र नागीहरू, चियाका बगानहरू जताततै हावा बिजुलीको खेती गर्न सकिन्छ र गर्नु पनि पर्छ ।
तर यस्ता ‘हावा कुरा’मा कसको ध्यान जाला र !

You can subscribe by e-mail to receive news updates and breaking stories.
som khanal dai ko bachar thik cha nepali haru aafai aagrasar bhayera kam garna nasaknu ra kutta taane parampara ma bachnelai hawa hawa nai matra dekhachan