राजेश हमाललाई किन महिला बन्न मन लाग्यो त..? हेर्नुहोस्,,(भिडियो सहित)....

Posted by News NP on | 0 comments


काठमाडौँः महानायक राजेश हमाल महिला भएर अभिनय गरेको तस्बिर सार्वजनिक भएको छ ।  दिनेश श्रेष्ठको निर्देशनमा तयार भइहेको चलचित्र ‘शकुन्तला’मा हमालले महिलाको भूमिकामा अभिनय गरेको तस्बिर सार्वजनिक भएको हो । सार्वजनिक तस्बिरमा हमाल साडी र ब्लाउजसँगै लामो केशमा देखिएका छन् ।


हमालको यस्तो तस्बिर सार्वजनिक भएसँगै ‘शकुन्तला’ चलचित्रको चर्चा सुरु भएको छ । चलचित्र छायांकन स्थलबाटै बाहिरिएको हमालको तस्बिरका विषयमा विभिन्न टिकाटिप्पणी भइरहेका छन् ।
सार्वजनिक भएको हमालको तस्बिरको मुहार महिलाको जस्तै छ । निधारमा रातो टीका, माला, नाकमा नत्थी, हातमा चुरा तथा कालो सारी र ब्लाउजमा हमाल सजिएका छन् । एक तस्बिरमा उनको छेउमा प्रहरीलाई देखाइको छ । भने अर्को तस्बिरमा हमाल एक्लै उभिएका छन् ।

नेपाली चलचित्रमा महानयकको उपाधि पाएका हमालले करिब दुई सय फिल्ममा अभिनय गरिसकेका छन् । हमालले दुई सय चलचित्रमा अभिनय गरे पनि अहिलेसम्म महिलाको भूमिकामा सार्वजनिक भएका थिएनन् ।

उनी पहिलोपटक पर्दामा महिलाको भूमिकामा देखिएका हुन् । फिल्म ‘शकुन्तला’को सेटबाट हमालको नारी गेटअपका तस्बिर बाहिरिएपछि उनले गरेको पछिल्लो अभिनयको चर्चा सुरु भएको छ ।

हमालले आफ्नो भूमिकाबारे खुलेर बोल्न चाहेका छै्र्रनन् भने फिल्म घोषणाका क्रममा निर्माण युनिटले समेत हमालको महिलाको भूमिकाको विषयमा केही सार्वजनिक गरेको छैन ।

नेपाली चलचित्र क्षेत्रमा सधै चर्चामा रहने हमालको महिलाको ड्रेसपको तस्बिर सोमबार पहिलो पटक  सार्वजनिक भएको थियो । सोमबार सार्वजनिक भएको तस्बिर मंगलबार र बुधबार अनलाइन र सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

शकुन्तलाका निर्देशकले समेत हमालको भूमिकाबारे बोल्न चाहेनन् । निर्देशकले हमालको भूमिकानै चलचित्रको प्रमुख आधार भएकाले अहिले नै उक्त विषयमा बोल्न चाहेका छैनन् ।

निर्देशकले सुटिङ्को क्रममा तस्बिर खिच्त प्रतिबन्ध लगाइएको तर तस्बिर कसरी सार्वजनिक भयो भन्ने कुरा अनुसन्धान भइरहेको बताएका छन् ।

चलचित्र निर्माण युनिटका अनुसार चलचित्रमा ‘शकुन्तला’को भूमिका नायक हमाल स्वयम्ले निर्वाह गरेका छन् । चलचित्रमा नायिका अनु शाहले रिपोर्टरको भुमिका निर्वाह गरेकी छिन् ।

किशोर खतिवडाको मुख्य भुमिका रहेको चलचित्रमा अर्जु पोखरेलको संगीत छ भने लगानी महेश्वर खत्री र श्रीपसा खत्रीको छ ।

0 comments for " राजेश हमाललाई किन महिला बन्न मन लाग्यो त..? हेर्नुहोस्,,(भिडियो सहित).... "

Leave a reply

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Recent News

Archives