-साउदीमा एकैदिन ४७ जनालाई फाँसी, पढ्नुहोस्, कुन-कुन अभियोगमा हुन्छ फाँसी !

Posted by News NP on | 0 comments


रियाद, १८ पुस । साउदी अरेबियामा ४७ जनालाई शनिबार फाँसी सजाय दिइएको छ । ती व्यक्तिहरुलाई आतङ्कवादको आरोपमा फाँसी दिइएको बताइएको छ ।


सरकार विरोधी प्रर्दशनमा लागेका ती व्यक्तिहरुमा एक धार्मिक नेताहरुसहित ४७ जना फाँसी दिइएको यहाँको गृह मन्त्रालयले जनाएको छ ।

सिया मुृसलमान समूदायहका धार्मिक गुरु निम्र अल निम्रसहित ४७ जनालाई सो फाँसीको सजाय दिइएको हो ।

यी ४६ जनालाई विभिन्न आतङ्ककारी सङगठनसँग आवद्ध रहेको र अपराधीक कार्यहरुमा सहभागी रहेको आरोप लगाइएको गृह मन्त्रालयद्धारा प्रकाशित विज्ञप्तिमा जनाइएको राज्यद्धारा सञ्चालित समाचार समिति एसपीएले जानकारी दिएको छ ।

फाँसीको सजाय पाउने व्यक्तिहरुमा एक इजिप्टेली र एक क्यानाडाली नागरिकसमेत रहेका छन् । बाँकी सवै भने साउदी अरेबियाली नै भएको बताइएको छ ।

0 comments for " -साउदीमा एकैदिन ४७ जनालाई फाँसी, पढ्नुहोस्, कुन-कुन अभियोगमा हुन्छ फाँसी ! "

Leave a reply