-भाउजूसँग देवरको लसपस, बीचमा दाई आएपछि…

Posted by News NP on | 0 comments


एजेन्सी । धेरैले अहिलेको युगलाई कलियुग भन्छन् । जून कुरा विश्वमा भएका केही केही घटनाले पुष्टि समेत गर्दै आएको छ ।यसैक्रममा एउटा यस्तो घटना सार्वजनिक भएको जसले कलियुग मात्रै होइन् समाजको नैतिकतामाथि पनि प्रश्न उठाएको छ । घटना संगरुर जिल्लाको इलवाल गाउँको हो जहाँ देवर भाउजूबीचको लसपसले अर्थात अवैध सम्बन्धले परिवारै तहस नहस भएको छ भने समाज पनि लज्जित भएको छ ।देवर भाउजूको अवैध सम्बन्धले आफ्नै घरमा अपराध जन्मायो । संगरुरका एसपी परमजीत सिंहका अनुसार घटना महिना दिन पहिलाको हो । इलवाल गाउँका विन्दर सिंहको विहे डेढ वर्ष पहिले विमलासँग भएको थियो । विन्दरसँग उनका भाई अमरिक सँगै बस्थे ।

पेसाले व्यापारी विन्दर आफ्नो काममा व्यस्त हुन्थे । घरमा भाई र श्रीमती मात्रै हुन्थे । यसैक्रममा अमरिक र विमलाको सम्बन्ध गाढा भयो । यति गाढा भयो कि उनीहरु अवैध रुपमा शारीरिक सम्पर्क राख्न थाले । यो कुराको सुइको विन्दरले थाहा पाइसकेका थिए तर, प्रत्यक्ष देखेका थिएनन् ।भाई अमरिकलाई पनि डर थियो कि दाई यो अवैध सम्बन्धमा बाधक बन्नेछ र उनलाई मारिदिनेछ । त्यसपछि अमरिकले आफ्ना दुई साथी जगतार सिंह र प्रेम सिंहसँग मिलेर आफ्ना दाईको हत्या गर्ने निष्कर्षमा पुगे । २६ नाभेम्बरका दिन भाई अमरिकले आफ्ना साथीमार्फत दाई विन्दरलाई मोटरसाइकलमा गाउँको रजवाहे भन्ने ठाउँमा लगे । त्यहाँ रक्सी पिलाएर पानीको प्लास्टिक पाइपले उनको घाटी थिचेर हत्या गरियो र लासलाई त्यही फालेर हिडे ।

भाउजूसँगको अवैध सम्बन्धमै भएका कारण अमरिकले सम्बन्धको बीचबाट हटाउन दाईको हत्या गरे । उनले आफ्ना दुई साथीलाई १०–१० हजार र सुपारी दिएर हत्या गर्न लगाएका थिए । प्रहरीले भाई अमरिक र हत्यामा संलग्न अमरिकका दुई साथीलाई पक्राउ गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको एसपी सिंहले बताए ।

0 comments for " -भाउजूसँग देवरको लसपस, बीचमा दाई आएपछि… "

Leave a reply

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Recent News

Archives