-फोनबाट यौन भिडियो तथा नांगो फोटो पठाउँदै हुनुहुन्छ ? सावधान ! यसरी फस्नुहोला नि.....भिडियो हेर्न तल क्लिक गर्नुहोस....
Posted by News NP on | 0 comments
पछिल्लो पुस्ताका युवाहरुमा स्मार्टफोनको गज्जबको ट्रेण्ड पाउन सकिन्छ । हरेकको हातमा अब साधारण मोबाइलको सट्टा कुनै न कुनै कम्पनीका स्मार्टफोन देख्न सकिन्छ ।
हेर्दा स्मार्ट देखिने, इन्टरनेट चलाउन सरल, धेरै सुविधा भएका कारण पनि स्मार्टफोन युवाहरुको प्राथमिकतामा पर्ने गरेको छ ।
यही स्मार्टफोन र इन्टरनेटका कारण धेरैले सास्ती पनि भोग्नुपरेका धेरै समाचार र उदाहरण हामीहरु सुन्न र पढ्न पाउछौं ।
बिशेषगरी स्मार्टफोनबाट विभिन्न सामाजीक सञ्जालहरुमा यौनसँग सम्बन्धित सामग्रिहरु जस्तै, भिडियो, फोटो टेक्स्टहरु शेयर गर्ने चलन समेत बढेको छ ।
फेसबुक, ट्वीटर, ह्वाट्स एप लगायतका सामाजीक सञ्जालमार्फत् यस्ता सामग्रिहरु अपलोड र शेयर गर्दा सामाजीक सद्भाव बिग्रनेदेखि लिएर असम्बन्धित व्यक्तिहरुको टाउको दुखाईको बिषय बन्ने गरेको छ ।
हुन त विभिन्न कानुनले सामाजीक सञ्जालमा यस्ता गतिविधि गर्न निषेध गरेपनि फेक एकाउण्टको सहारा लिएर तथा जानी नजानी पनि यस्ता गतिविधि हुन सक्छन् । नेपालमा पनि साइबर क्राइम अन्तर्गत सामाजीक सञ्जालको दुरुपयोग गर्नेहरुलाई बेला बेलामा कार्वाही हुने गरेको छ ।
नेपालको कानुन अनुसार कम्प्युटर, इन्टरनेट लगायतका विद्युतीय सञ्चार माध्यमहरुमा प्रचलित कानूनले प्रकाशन तथा प्रर्दशन गर्न नहुने भनी रोक लगाएका सामग्रीहरु वा सार्वजनिक नैतिकता, शिष्टाचार विरुद्धका सामग्री वा कसैप्रति घृणा वा द्वेष फैलाउने वा विभिन्न जात जाति र सम्प्रदायबीचको सुमधुर सम्बन्धलाई खलल पार्ने किसिमका सामग्रीहरु प्रकाशन वा प्रदर्शन गर्ने वा गर्न लगाउने व्यक्तिलाई एक लाख रुपैयाँसम्म जरिबाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुनसक्छ ।

You can subscribe by e-mail to receive news updates and breaking stories.
0 comments for " -फोनबाट यौन भिडियो तथा नांगो फोटो पठाउँदै हुनुहुन्छ ? सावधान ! यसरी फस्नुहोला नि.....भिडियो हेर्न तल क्लिक गर्नुहोस.... "
Leave a reply