-शिक्षिकाले आँफुलाई पटक पटक बलात्कार गरेको छात्रले बताएपछि…

Posted by News NP on | 0 comments


काठमाडौँ, २० पुस । शिक्षिकाले छात्रलाई बलात्कार गरेको तपाई कल्पना सम्म गर्न सक्नुहुन्छ ? त्यसमाथि पनि दुई बच्चाकी आमाले । बेलायतको लण्डनमा एक ३६ वर्षीया शिक्षिका लुइस एस्पिनालले अध्यापन गराउने विद्यालयका १३ वर्षीय छात्रलाई पटक पटक बलात्कार गरेको आरोप लागेको डेलीमेलले लेखेको छ ।

एक छात्रले शिक्षिकाले आफुलाई ३ पटक जबरजस्ती यौन सम्बन्ध राखेको बताए पछि यो कुरा प्रहरीसम्म पुग्यो । छात्रको परिवारले शिक्षिका विरुद्ध उजुरी दिए । उजुरी परेपछि प्रहरीले छानबिन सुरु गर्यो ।

छानबिनका क्रममा प्रहरीले पाएको तथ्यपछि सबै छक्क परे । छात्रले आफ्नो साथीहरुमा प्रभाव पार्न शिक्षिकालाई बलात्कारको आरोप लगाएर अफवाह फैलाएको प्रहरीको छानबिनमा पाइयो । यस विषयमा अदालतले भने उनलाई सफाइृ दिएको छ ।

0 comments for " -शिक्षिकाले आँफुलाई पटक पटक बलात्कार गरेको छात्रले बताएपछि… "

Leave a reply

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Recent News

Archives