कहिले थामिन्छ ईश्वरीको आँसु ?
Posted by Unknown on |
मेरो भाग्यमा दुःखैदुःख लेखेको रहेछ, हरदिन दुःखलाई बोकेर बाँचेकी छु । भैँसी, बाख्रा कराइरहन्छन् । तिनीहरूलाई घाँसपानी दिएर एकछिन निदाउन खोज्छु, निन्द्रै लाग्दैन,’ ईश्वरीले पीडा पोखिन् ।
१२ वैशाखको विनाशकारी भूकम्पले ईश्वरीको वर्षौंदेखिको बास मात्रै ढालेन, जन्मदिने बाबुआमा पनि चटक्क चुँडेर लग्यो ।
बुधबार सिन्धुपाल्चोकको साँगाचोक–६ स्थित रानाथोकमा पुग्दा ईश्वरी रानामगर जस्ताको टहरोबाहिर टोलाइरहेकी थिइन् । राज्य सञ्चालनको जिम्मा लिएकालाई भूकम्पको कथा पुरानोजस्तो लागे पनि दर्जनौँ ईश्वरीहरूका लागि १२ वैशाख कहिल्यै निको नहुने घाउ बनेको छ । बर्खामास र चिसोयामले त्यही घाउमा नुनचुक छरेर जान्छ । यो पुस–माघको ठिहीले आजभोलि उनको मुटु कमाउन थालेको छ ।

You can subscribe by e-mail to receive news updates and breaking stories.