- होशियार ! फेसबुकबाट यसरी हुँदैछ सेक्स व्यापार,,=>>>

Posted by News NP on | 0 comments


केरल । भारतका सोशल साइटमा रहेका भारतीय युवतीका तस्बिरहरू पोर्न साइटहरू छ्यासछ्यास्ती देखिन थालेका छन् । ती युवतीहरूमध्ये ४० प्रतिशत युवती अपराधको शिकार भएका छन् ।मेट टुडेको समाचारअनुसार इन्डियन इथिकल ह्याकर्स ग्रुपले फेसबुकको प्रोफाइल चोरेर तस्बिर पोर्नसाइटहरूलाई बिक्री गर्ने अभियान नै थालेको छ । यो ग्रुपले राम्रा युवतीहरूका तस्बिर चोरेर पोर्न साइटका लागि पठाउने गरेको आरोप छ ।केरल साइबर वारियर्स ग्रुपको १५ एथिकल ह्याकर्सको समूहले २८ डिसेम्बरदेखि अहिलेसम्म ७० फेसबुक प्रोफाइल्सलाई ह्याक गरेको स्थानीय प्रहरीले जनाएको छ । ती युवतीका तस्बिरहरू पोर्नसाइटमा पठाइएका छन् । 

एथिकल ह्याकर्सको यो समूहले युवतीहरूलाई सेक्सका लागि तयार पार्ने र व्यवसायमा लगाउने गरेका कतिपय पेजहरूलाई पनि ह्याक गर्ने गरेका छन् ।केही व्यक्तिले फेसबुक पेज बनाएर च्याटमार्फत सेक्सका लागि युवतीहरूलाई फसाउने काम पनि गर्ने गरेका छन् । ती पेजहरूलाई पनि एथिकल ह्याकर्सले ह्याक गरेर तस्बिरहरूपनि पोर्न साइटमा पठाउने गरेका छन् ।युवतीहरूका तस्बिर एल्वमबाट चोरी गरेर फोटोकपी गरिन्छ
। त्यसपछि युवतीहरूको फोटो नै एल्वमबाट डिलिट गर्ने गरेको समाचारमा उल्लेख छ । युवतीहरूका तस्बिरमा केही फेरबदल गरेर पोर्नसाइटमा राख्ने गरिएको छ ।

ह्याकर्स ग्रुपले ब्रेकअप भएको जोडीलाई निशाना बनाइ पैसा समेत असुल्ने गरेका छन् । युवतीका पोर्न साइटलाई मात्रै बेच्ने गरिएको छैन ।ताकि ती तस्बिरहरूमार्फत यवतीहरूसँग ब्ल्याकमेलिङसमेत गर्नेको तथ्याङ्क सार्वजनिक भएको छ । एजेन्सी

0 comments for " - होशियार ! फेसबुकबाट यसरी हुँदैछ सेक्स व्यापार,,=>>> "

Leave a reply

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Recent News

Archives