मधेसमा आन्दोलनरत तराई मधेस लोकतान्त्रिक पार्टीका नगर अध्यक्ष कुँवरको मृत्यु -
Posted by Unknown on | 0 comments
तमलोपाका केन्द्रीय अध्यक्ष महन्थ ठाकुर
गौशाला, ९ पुस । तीन महिनादेखि मधेसमा आन्दोलनरत तराई मधेस लोकतान्त्रिक पार्टीका नगर अध्यक्ष नवोनाथ कुँवरको गएराति हृदयघातबाट मृत्यु भएको छ ।
महन्थ ठाकुरको नेतृत्वको तराई मधेस लोकतान्त्रिक पार्टी महोत्तरीका संस्थापक सदस्य एवम् जलेश्वर नगर पार्टी कमिटीका अध्यक्ष कुँवरको गएराति भारतको मुज्जफरपुर सहरस्थित अस्पतालमा मृत्यु भएको हो ।
२०१२ सालमा बाबु बालेश्वर कुँवर र आमा गुलाबदेवीको कोखबाट जलेश्वर नगरपालिका–११ खैरामा जन्मिनुभएका नेता कुँवरको ६० वर्षको उमेरमा मृत्यु भएको हो । २०६४ सालमा पार्टीको स्थापनाकालदेखि नै पार्टीको नगर अध्यक्षको भूमिकामा रहनुभएका नेता कुँवरलाई बुधबार बेलुका ५ बजे आफ्नै घरमा हृदयाघात भएको तथा परिवारजनले उपचारका लागि भारतको मुज्जफरपुर लगिएकोमा उहाँको गएराति मृत्यु भएको निजकी छोरी लक्ष्मी तिवारीले बताउनुभयो । सन्तानका रुपमा नेता कुँवरका चारजना छोरी मात्र छन् ।
नेता कुँवरको मृत्युबाट तमलोपा महोत्तरीलाई ठूलो क्षति भएको बताउँदै सो पार्टीका जिल्ला अध्यक्ष अभिराम शर्माले उहाँको पार्थिव शरीरलाई आज जलेश्वर नगरभरि शवयात्रा गराई उहाँको जन्मभूमि खैरामा पार्टीको झन्डा ओढाएर श्रद्धाञ्जली दिँदै अन्तिम संस्कार कार्यक्रम गरिने बताउनुभयो । रासस

You can subscribe by e-mail to receive news updates and breaking stories.
0 comments for " मधेसमा आन्दोलनरत तराई मधेस लोकतान्त्रिक पार्टीका नगर अध्यक्ष कुँवरको मृत्यु - "
Leave a reply