सैनिक संरचनामा ब्यापक सुधार गर्ने चीनको घोषणा, भारतको चिन्ता

Posted by Unknown on | 0 comments


चिनियाँ राष्ट्रपति शि जीन पिङले देशको सैनिक संरचनामा ब्यापक सुधारको घोषणा गरेका छन् । सन् २०२० सम्म सैनिक संरचनामा महत्वपूर्ण फेरबदल गरिने घोषणा उनले गरेका हुन् ।


केन्द्रीय सैनिक आयोगकका अध्यक्ष समेत रहेका चिनियाँ राष्ट्रपतिले चीनको सैनिक संरचना सुधार गर्न नयाँ प्रणाली समेत विकाश गरिने बताए ।



सैनिक संरचना सुधारका लागि उनले विभिन्न योजना समेत सार्वजनिक गरेका छन् ।

भारतलाई भने तनाव

चीनले सैनिक संरचनामा सुधार गर्ने बताएपछि भारत भने चिन्तित देखिएको छ । भारतीय मिडियामा सरकारले सैनिक सुधारमा ध्यान नदिएको भन्दै आलोचना भैरहेको छ ।

विहीबार मात्र चीनले सैनिक सुधारमा कदम चाल्ने घोषणा गरेपछि भारतमा तिव्र प्रतिक्रिया देखिएको छ । चीनको सेना भारतको भन्दा २ गुना बढी रहेको भन्दै भारतीय मिडियामा गम्भिर चिन्ता ब्यक्त गरिएको छ । यो सेना ससक्त भएमा भारतको कुनै प्रतिरोध समेत गर्न नसक्ने भारतको चिन्ता छ ।

चीनले सोभियत संघ मोडलमा सेनाको विकाश गर्न चाहेको भारतको भनाइ छ ।

0 comments for " सैनिक संरचनामा ब्यापक सुधार गर्ने चीनको घोषणा, भारतको चिन्ता "

Leave a reply

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Recent News

Archives